मुक्तिनाथका बचतकर्तालाई १३ प्रतिशत व्याजदर

Read Time = 1 min

काठमाडौं । मुक्तिनाथ विकास बैंकले निक्षेपकर्तालाई व्यक्तिगत मुद्दती खातामा जेठ महिनाका लागि आकर्षक योजना ल्याएको छ । बैंकले जेठ महिनामा खुल्ने रेमिट्यान्स व्यक्तिगत मुद्दती खातामा उच्चतम १३ प्रतिशतको वार्षिक व्याजदर र व्यक्तिगत मुद्दती खातामा १२ प्रतिशतको वार्षिक व्याजदर प्रदान गर्ने भएको छ ।

योजनाअन्तर्गत बैंकमा न्यूनतम पाँच हजारको मुद्दती खाता खोल्न सकिनेछ भने अवधि न्यूनतम तीन महिनादेखि १५ वर्षसम्म रोज्न सकिनेछ ।

साथै बैंकले डिजिटल कारोबारलाई प्रोत्साहित गर्न आफ्नो बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्थासमेत गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?