डब्ल्युएचओको महानिर्देशकमा पुनः गेब्रेयसस नियुक्त

Read Time = 1 min

न्यूयोर्क । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को महानिर्देशकमा पुनः डा.ट्रेडोस अधानोम गेब्रेयसस नियुक्त भएको छ । पहिलो कार्यकाल सकिएपछि जेनेभामा भएको ७५औं विश्व स्वास्थ्य सम्मेलनबाट उहाँ अर्को कार्यकालका लागि निर्वाचित हुनुभएको हो । डब्ल्युएचओका सदस्यराष्ट्रले आगामी पाँच वर्षे कार्यकालका लागि उहाँलाई महानिर्देशकमा पुनः चयन गरेका हुन् ।

। दोस्रो कार्यकालका लागि सदस्य राष्ट्रहरूले प्रदान गरेको अवसरबाट आभारी रहेको भन्दै उहाँले स्वास्थ्य प्रवद्र्धन गर्ने, विश्वलाई सुरक्षित राख्ने र जोखिममा परेकालाई सेवा गर्ने आफ्नो मिसनलाई विश्व स्वास्थ्य संगठनले पूरा गरेको बताउनुभयो । महानिर्देशक डा.टेड्रोसको नयाँ कार्यकाल अगष्ट १६ मा सुरु हुने डब्ल्युएचओले जनाएको छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?