अमेरिकी सेनाका वरिष्ठ जर्नेल आज नेपाल आउँदै

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । पछिल्लो समय अमेरिकी उच्च पदस्थ व्यक्तिहरूको नेपाल आगमन बाक्लिएको छ । यस्तैमा जर्नेल चाल्र्स एफ्लीन आज (बिहीबार) नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । उहाँ चारदिने नेपाल भ्रमणका लागि आउन लाग्नुभएको हो । अमेरिकी सेनाका वरिष्ठ जर्नेल फ्लीनले यही जेठ २६ देखि २९ गतेसम्म नेपाल भ्रमण गर्ने तय भएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिनुभयो । फ्लीन अमेरिकी सेनाको विशेष विमानमार्फत काठमाडौं आउँदै हुनुहुन्छ ।

फ्लीनले शुक्रबार प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गर्नुहुने छ । नेपाली सेनाका प्रवक्त सिलवालले भन्नुभयो, ‘यो सद्भावना भ्रमण हो । भ्रमणको अन्य तालिकाबारे अहिले जानकारी छैन ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण र प्रधानसेनापति शर्मा शान्ति सैनिकहरू तैनाथ रहेका मुलुक हुँदै अमेरिका भ्रमण जानुपूर्व फ्लीनको भ्रमण हुन लागेको हो ।

उच्चस्तरीय सैनिक नेतृत्वबाट नियमित रूपमा हुने गरेको यस प्रकारको भ्रमण, विगत लामो समयदेखि स्थापित नेपाली र अमेरिकी सेनालगायत दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध एवं विद्यमान द्विपक्षीय सहयोग तथा सहकार्यको क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन महŒवपूर्ण सावित हुने विश्वास लिएको नेपाली सेनाले जनाएको छ ।

अमेरिकी उपमन्त्री उज्रा जियाको पछिल्लो भ्रमणपछि अमेरिकी सेनाका वरिष्ठ जर्नेलको नेपाल भ्रमण हुन लागेको हो । यसअघि यही महिनाको ९ देखि ११ सम्म सेनेटर क्रिष्टन जिलिब्राण्डको नेतृत्वमा पाँच सदस्यीय सांसदहरूको टोलीले नेपालको भ्रमण गरेको थियो ।

वैशाख ६ देखि ८ सम्म दक्षिण तथा मध्यएसिया मामिला हेर्ने उपसहायक विदेश मन्त्री केली केइडरलिङले नेपालको भ्रमण गर्नुभएको थियो । त्यसअघि नेपालले फागुन १५ मा एमसिसी अनुमोदन गर्नुअघि दक्षिण तथा मध्यएसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपालको भ्रमण गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?