टेक्सास गोलीकाण्डः गोली प्रहार गर्नुअघि बन्दुकधारीले यस्तो लेखेका थिए

Read Time = 2 mins

न्युयोर्क । अमेरिकाको टेक्सास राज्यस्थित एउटा प्राथमिक विद्यालयमा २१ जनाको ज्यान लिने गरी हमला गरेका बन्दुकधारीले आक्रमणअघि सामाजिक सञ्जालमा त्यसबारे केही लेखेको खुलासा भएको छ । उनले आक्रमण गर्ने विषयमा फेसबुकमा लेखेको खुलासा भएको हो । फेसबुक सञ्चालक कम्पनी मेटाका अनुसार १८ वर्षीय ती सन्दिग्धले लेखेका विषय सीमित व्यक्तिले हेर्न सक्नेगरी पोस्ट गरिएको थियो ।

टेक्सस राज्यका गभर्नर ग्रेग याबटका अनुसार १९ जना विद्यार्थी र दुईजना शिक्षकलाई अन्धाधुन्ध गोली हान्नुअघि उनले फेसबुकमा तीन वटा चेतावनी पोस्ट गरेका थिए।

सुरुमा आफ्नी हजुरआमालाई गोली प्रहार गरेर विद्यालयमा आक्रमण गर्ने उनले चेतावनी दिएका थिए । उनी आक्रमणका लागि विद्यालय पुग्नु १५ मिनेटअघि मात्रै त्यस्तो सन्देश पोस्ट गरेका थिए ।

यसैबीच, १९ विद्यार्थी र दुई शिक्षकको ज्यान गएको एक दिनपछि टेक्सासकै एउटा हाईस्कूल बाहिर एक विद्यार्थी बन्दुकसहित पक्राउ परेका छन् ।

प्रहरीले टेक्सासको रिचर्डसन हाईस्कुलतर्फ राइफलसहित हिँड्दै गरेका संदिग्धलाई पक्राउ गरेको हो । संदिग्धबारे जानाकारी पुगेपछि तत्कालै उनी भएको स्थानमा प्रहरी पुगेको थियो । प्रहरी गतिविधिबारेमा नजिकका विद्यालयलाई जानकारी दिइएको थियो । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?