सिजीको ब्राण्ड एम्बेसडरमा पन्त

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सिजी इलेक्ट्रिकको ब्राण्ड एम्बेसडरमा सुरक्षा पन्त नियुक्त हुनुभएको छ । चौधरी ग्रुपअन्तर्गतको सहायक कम्पनी र विद्युतीय उपकरणमा अग्रणी कम्पनी इओएल प्रालिले पन्तलाई ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको हो । पन्त र कम्पनीबीचको सहकार्यले प्रतिभा र उत्कृष्टताको प्रतीकलाई एकै ठाउँमा ल्याउने, ब्राण्डको उपस्थिति अझ माथि उठाउने र प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ ।

नवीनता र गुणस्तरप्रति प्रतिबद्धताका लागि परिचित सिजी इलेक्ट्रिकले सुरक्षा पन्तलाई ब्राण्डको प्रतिनिधित्व गर्न रोजेको जनाएको छ । पन्तले चिम्नी, सोलार र इलेक्ट्रिक उत्पादनको प्रतिनिधित्व गर्नुहुनेछ । सिजीका उपाध्यक्ष एससी साबुले भन्नुभयो, ‘हामी सुरक्षाजीसँग हाम्रो ब्राण्ड एम्बेसडरका रूपमा आबद्ध हुन पाउँदा खुसी छौँ । उहाँको अनुग्रह, प्रामाणिकता र उहाँको कामप्रतिको समर्पण हाम्रो सिजी इलेक्ट्रिक ब्राण्डको मार्गदर्शनसँग स्पष्टरूपमा मिल्छ ।’ पन्तले भन्नुभयो, ‘उत्कृष्टताप्रतिको प्रतिबद्धताका लागि परिचित ब्राण्ड सिजी इलेक्ट्रिकसँग आबद्ध हुन पाउँदा म सम्मानित छु । चिम्नी, सोलार र इलेक्ट्रिक उत्पादनको प्रतिनिधित्व गर्न पाउँदा म उत्साहित छु । सिजी इलेक्ट्रिकले नवीन र उच्च गुणस्तरका उत्पादन प्रस्तुत गर्छ र म यी क्षेत्रमा सिजीको यात्राको हिस्सा हुन पाउँदा खुसी छु ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?