पैसाको मालामा सजिए नवनिर्वाचित जनप्रतिनिधि

Read Time = 2 mins

-प्रकाश मैनाली
सर्लाही । फूलको माला लगाएको हामी सबैले देखेकै हो तर, पैसाको माला भने कमैले मात्र लगाएको सुनिएको छ, देखिएको छ ।

तराई मधेसका जिल्लामा मैथली र भोजपुरी समुदयमा कुनै उत्सव तथा विजय पछी पैसाको माला लगाएको देखिन्छ । परापुर्वक कालमा कुनै उत्सव हुँदा पहलमान खेल (कुस्ती) जितेपछि खेलाडीलाई पैसाको माला लगाई दिने गरेको नागरिक समाज सर्लाहीका अगुवा रजनी कान्त झाले बताउनु भयो । पछिलो समय यहाँ यसलाई चुनाव जितेपछि समेत लगाउन थालेका छन् । जिवनको ठुलो उपलब्धी प्राप्ती पछि खुशियालीमा आफन्त तथा साथी भाइले खुशीयाली साट्न पैसाको माल लगाई दिने गरेका हुन् ।

नागरिक समाज सर्लाहीका अगुवा तथा मैथली संस्कृतिका जानकार रजनी कान्त झाले पहिलो पटक बहुदल र निर्दलको चुनावमा आफुले पैसाको माला लगाएको देखेको बताउनु भयो । फुलको माला त्यसपछि गम्छा हुँदै अहिले खादा लगाइदिने चलन आएको छ ।

जसरी अहिले माला, गम्छा र खादा लगाउँछन त्यसैगरि पैसाको माल लगाउने परम्परा तराई मधेसमा रहेको छ । यसरी पैसाको माला बनाउँदा नोटमा दुलो पानु पर्ने भएकाले च्यात्तिने गर्दछ । त्यसैले यसको प्रयोग गर्दा साबधानीको साथ गर्नुपर्ने हुन्छ । उत्सवमा लगाएको यस्ता माला उत्सव सकिएपछि घरमा सजाएर राख्ने गरेको पाइन्छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?