रामकृष्ण ढकालको नयाँ गीत ‘म हराएँ मनमनैमा’

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालको स्वरमा नयाँ गीत ‘म हराएँ मनमनैमा’ सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको रोमान्टिक थिमको गीतमा सन्तोष भट्टराईको शब्द रचना र हरि लम्सालको संगीत छ । सुरज श्रेष्ठले गीतको एरेञ्ज गर्नु भएको हो ।

पर्यटकीय क्षेत्र मुस्ताङमा छायांकन भएको गीतको भिडियोमा गरिमा शर्मा र दिपेश ढकाल रोमान्टिक अवतारमा प्रस्तुत हुनुहुन्छ । दिपेशले अभिनय गरेको यो पहिलो म्युजिक भिडियो हो । रामकृष्ण ढकालको गीतमा गरिमा शर्मासँग स्क्रिन शेयर गर्न पाउँदा मोडल ढकालले खुशी व्यक्त गर्नुभयो । गायक ढकालले नयाँ नयाँ प्रतिभावान् कलाकार माझ आफ्नो गीतमा काम गर्नु आफैंमा सुखद् रहेको बताउनुभयो । भिडियोलाई सुब्रत आचार्यले निर्देशन गर्नुभएको हो ।

मोडल गरिमा शर्माले आफ्नो बाल्यकालदेखिको मनपर्ने गायकको गीतमा अभिनय गर्न पाउनु आफ्नो सौभाग्य रहेको बताउनुभयो । गीतको अडियोले आफूलाई काम गर्न लोभ्याएको उहाँको भनाइ छ । गायक ढकालले भने आफूले आफ्ना गीतहरू दोहोर्‍याएर कमै सुन्ने गरेको भए पनि ‘म हराएँ मनमनैमा’ गीत धेरै पटक सुनिसकेको बताउनुभयो ।

भिडियोमा साइब्रत आचार्यको स्टोरी बोर्ड, विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन छ । गीतको क्रियटिभ हेड जया शर्मा हुनुहुन्छ । यो गीतसँगै निर्देशक आचार्यले मुस्ताङमा गायक ढकालको आवाजमा रहेको अन्य दुई गीत ‘काली’ र ‘सयौं कारण’को पनि छायांकन गर्नुभएको हो । यी दुई दिन केही दिनमा सार्वजनिक हुने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?