रुस–युक्रेन युद्धका कारण बाध्यात्मक मूल्यवृद्धि : आपूर्तिमन्त्री बडू

Read Time = 2 mins

काठमाडौं । सरकारले रुस–युक्रेनको युद्धका कारण नेपालमा बाध्यात्मक मूल्यवृद्धि गर्नुपरेको बताउनु भएको छ ।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले रुस–युक्रेन युद्धका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको चरम अभाव भएको र अन्तर्राष्ट्रिय मूल्यमा अप्रत्यासित वृद्धि भइरहेका कारण नेपालमा पनि बाध्यात्मक मूल्यवृद्धि गर्नुपरेको जानकारी दिनुभयो ।

विशेष समय लिएर बोलेका मन्त्री बडूले नेपाल–भारत सरकारबीच भएको सम्झौताअनुसार अन्तर्राष्ट्रिय मूल्यमा भारतीय आयल निगमबाट इन्धन खरिद गर्ने गरिएको बताउनु भयो ।
अन्तर्राष्ट्रिय मूल्यका आधारमा हुने मूल्य समायोजनाअनुसार नेपाल आयल निगमलाई पेट्रोलमा दुई अर्ब, डिजेलमा तीन अर्ब ३९ करोड र एलपी ग्यासमा मासिक दुई अर्ब ९२ करोड घाटा रहेको भन्दै उहाँले निगम मासिक ६ अर्ब ७१ करोड घाटामा रहेको बताउनु भयो ।

२२ अर्ब ४० करोड भारतीय आयल निगमलाई तिर्न बाँकी रहेको जानकारी दिँदै उहाँले इन्धनमा लगाइएको कर घटाएर मूल्य घटाउने प्रस्ताव १० जेठमा मन्त्रिपरिषद्ले निर्णय गरिसकेको बताउनु भयो ।
सोहीअनुसार अहिले अर्थमन्त्रालयमा गृहकार्य भइरहेको उनको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?