महागढीमाई नगरपालिकाको नव निर्वाचित जनप्रतिनिधिद्वारा सपथ तथा पदभार ग्रहण

Read Time = 4 mins

-संजीवकुमार मिश्रा
बारा । बाराको सदरमुकाम कलैया देखि ७ किलोमीटर पूर्वमा रहेको महागढीमाई नगरपालिकामा शनिबार एक कार्यक्रमका बीच नवनिर्वाचित जनप्रतिनिधिहरुले शपथ तथा पदभार ग्रहण गर्नु भएको छ ।

नवनिर्वाचित उपमेयर तथा वडाध्यक्ष र वडासदस्यहरुलाई महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र प्रसाद यादवले शपथ तथा पदभार ग्रहण गराउनु भएको हो । नेपाली काँग्रेस मधेश प्रदेशका उपाध्यक्ष चन्द्रशेखर प्रसाद यादवको प्रमुख आतिथ्यतामा सम्पन्न शपथ तथा पदभार कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि यादवले जितहार लोकतन्त्रमा हुनु समान्य कुरा हो । जितेपछि तपाईहरु सबैका साझा भइसक्नु भएको छ । त्यसैले अब महागढीमाई नगरपालिकाको विकास र समृद्धि तिर तपाईहरुले कदम चाल्नु पर्ने समय आएको छ । अहिले देश, प्रदेश र महागढीमाई नगरपालिकामा पनि काँग्रेसको सरकार भएकोले हामीले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत उहाँले जाहेर गर्नुभयो ।

उहाँले नेपाली काँग्रेसको सरकारले महागढीमाई नगरपालिकाको शिक्षा तथा खेलकूद विकासको लागि दुई करोड सहयोग गर्ने बताउनुभयो ।
यसै गरि शपथ तथा पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै महागढीमाई उपमहानगरपालिकाका नव निर्वाचित मेयर उपेन्द्र प्रसाद यादवले चुनावी अभियानका दौरानमा आफूले गरेको वाचा पूरा गर्ने बताउनुभयो । एक घर एक रोजगारीको व्यवस्था गर्ने तिर आफूले कदम चालिसकेको र यो भन्दा अगाडीको कार्यकालमा बा“की रहेको अधुरा कामहरु पा“च वर्ष भित्रमा पूरा गरिने उहा“ले बताउनुभयो ।

शपथ तथा पदभार ग्रहण कार्यक्रममा नव निर्वाचित ११ वडाका अध्यक्षहरु मनोज कुमार गुप्ता,बिश्वनाथ प्रसाद कुश्वाहा,उपेन्द्र प्रसाद जयसवाल, मनोज कुमार जयसवाल,गजेन्द्र प्रसाद जयसवाल, गेनालाल यादव,सिवेन्द्र प्रताप सिंह,ओहाब अन्सारी,दिलिप शुक्ला,चन्दन साह र अरबिन्द बन्ठा लगायत सम्पुर्ण वड सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाली का“ग्रेस बाराका सचिव भैयाराम यादव,शिक्षक संघ बाराका अध्यक्ष परमहंश यादव, नेकपा एमालेका मोतीलाल कुशवाहा, जसपाका नेता रामबाबु यादव, समस्त पार्टी प्रतिनिधि, नागरिक समाजका अगुवा लगायतको उपस्थिति रहेको थियो ।
महागढिमाई नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत महमद सेरे मुस्तुफाले स्वागत गर्नु भएको थियो भने कार्यक्रमको सन्चालन शिक्षा शाखा प्रमुख रामबिश्वास चौरसियाले गर्नु भएको थियो ।

फोटो : शपथ तथा पदभार ग्रहण गराउँदै महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रप्रसाद यादव ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?