हृवाइटफिल्डको विजयी सुरुवात

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । हृवाइटफिल्डले पाठशाला कप एसइई छात्र नकआउट बास्केटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा हृवाइटफिल्डले आयोजक पाठशालालाई ३५-२३ ले पराजित गर्‍यो । हृवाइटफिल्डका अशोक तामाङले १२ अंक जोड्नुभयो ।

अन्य खेलमा राजश्री गुरुकुलले स्वस्तिश्री गुरुकुललाई ३०-१७ ले हरायो । राजश्रीका कुशल राईले आठ स्कोर गर्नुभयो । प्रतियोगिताको नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङले निर्णायकलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको थियो ।

प्रतियोगितामा आठ टिम सहभागी छन् । विजेताले १५ हजार र उपविजेताले आठ हजार नगद पुरस्कार पाउनेछन् । फाइनल आइतबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?