आध्यात्मिक र भौतिक सन्देशको संवाहक अक्षय-तृतीया !

बद्रीप्रसाद दाहाल
Read Time = 15 mins

हाम्रो वैदिक सनातन सभ्यतामा हुर्किएका संस्कृतिभित्र विभिन्न चाडपर्व, व्रत, उपवास, महोत्सवहरूका फरक-फरक पहिचान र महत्व छन् । वसन्त ऋतुुको उपवन जस्तै विविधताले सिँगारिएको सुन्दर, सुललित सन्देशपरक बनेका यस्ता तिथि पौराणिक एवं ऐतिहासिक मिथकभित्र जीवन जिउने कला पर्याप्त मात्रामा भेट्टाउँछौं । वास्तवमा प्रत्येक दिन र तिथि हामीलाई नयाँ परिवेश, उन्मेष र मार्ग देखाउने पावन मुहूर्त हुन् । तर पनि कयौं यस्ता तिथि वा पर्वहरू हुन्छन् जसले हामीलाई अतीतका रहस्यपरक, पौराणिक र ऐतिहासिक गाथालाई दिलदिमागमै अभिलेखीकरण गराउन सफल हुन्छन् । जसले कर्मशील, दानी, ध्यानी, जपी र सात्विक बन्ने उत्प्रेरणा भर्दछन् । यस्तै पवित्र तिथिहरूमध्यकोे अक्षय तृतीया आजको केन्द्रीय विषय हो ।

यसपालि यही वैशाख १० गते स्वयंसिद्ध तिथि अर्थात् अक्षय तृतीयाको पर्व परेको छ । वैशाख शुक्ल पक्षको तृतीया तिथि जसलाई ‘अक्षय तृतीया’ वा सातु सर्बत खाने पिउने र दान गर्ने हुँदा लोक भाषामा ‘सातुसर्बत तृतीया’ भनेर पनि परिचय गर्न सकिन्छ । जुन महान् तिथिदेखि सत्र लाख अठ्ठाइस हजार वर्षको सत्ययुग र बाह्र लाख छयानब्बे हजार सालको त्रेता युुग (दुई युगहरू) आरम्भ भएका थिए । यसैले यो पावन तिथिलाई ‘युगाद्वि–तिथि’ भनेर पुकारिन्छ । यो पवित्र तिथि स्वयंसिद्ध दिनको रूपमा गणना गरिएको हुँदा लोकजीवनमा कुनै पनि मांगलिक कार्य सम्पन्न गर्न पञ्चांग पल्टाइरहने आवश्यकता पर्दैन भनेर शास्त्रहरूले बताएका छन् ।

यो दिन सुुसम्पन्न सुकार्यले कहिल्यै पनि नाश नहुने अक्षय फल प्राप्त हुन्छ । भनिएको पनि छ-यत्किञ्चिद्दीयते दानं स्वल्पं वा यदि वा बहुु । तत्सर्वमक्षयं यस्मात्तेनेयमक्षया स्मृताः।। अर्थात् थोरै वा धेरै जति दान गरे पनि त्यो अक्षय भएर रहन्छ । त्यसैले त धर्मघटादि दान गर्दा यस्तो मन्त्र पढिन्छ:- एष धर्मघटो दत्तो ब्रहृमाविष्णुुशिवात्मकः । अस्य प्रदान्नात्तृप्यन्तुु पितरोऽपि पितामहाः ।। गन्धोदकं तिलैर्मिश्रं सान्नं कुम्भं फलान्वितम् । पितृभ्यः संप्रदास्यामि हृयक्षय्यमुपतिष्ठतु ।। अर्थात् ब्रहृमाविष्णुु र शिवका प्रतीक यो धर्म घडा छ । जसको दानले समस्त पितृगण पनि तृप्त हुन्छन् । चन्दन, जल, तिल, फलफूल र अन्नहरू मिसिएको यो घडा पितृहरूलाई दिँदा अक्षøय भएर रहोस् ।

यही अक्षय तृतीया तिथिमा भगवान् विष्णुले चौबीस अवतारमध्ये नरनारायण, हयग्रीव र परशुराम अवतारले आफूलाई धराधाममा अवतरण गराएर विभिन्न समयमा संसारको उद्धार गर्नुभएको लोमहर्षक रोचक लीलाहरू पढ्न पाइन्छन् । त्यसैगरी शिव-पार्वतीबीच विवाह भएको कुरा पुराणहरूमा पाइन्छन् ।

यही तिथिमा भगवान् विष्णुले चौबीस अवतारमध्ये नरनारायण, हयग्रीव र परशुराम अवतारले आफूलाई धराधाममा अवतरण गराएर विभिन्न समयमा संसारको उद्धार गर्नुभएको लोमहर्षक रोचक लीलाहरू पढ्न पाइन्छन् । त्यसैगरी शिव-पार्वतीबीच विवाह भएको कुरा पुराणहरूमा पाइन्छन् । लोकोत्तर प्रतिभाका मेधावी सन्त आद्य शंकराचार्यको र अर्का सन्त रामानुजाचार्यको जयन्ती पनि यही तिथिमा मनाइने गरिन्छ । ललितपुरको ऐतिहासिक नगर लुभुमा महालक्ष्मी तथा भैरवजात्रा मनाउने परम्परा छ । नेवार सम्प्रदायमा दीपङ्कर बुद्धको जन्मदिन भनेर पञ्चदानको भव्य महोत्सव उपत्यकालगायत बाहिर पनि हुन्छ ।

वरपर रहेका विहार, चैत्य, बही, चोक वा घरमा दानशाला बनाई आआफ्ना पूजापद्धति अनुसारका अनुुष्ठानहरू निष्पन्न हुन्छन् । यो प्रचलन नेपाल संवत् ७७५ मा जुन बेला राजा नरेशमान मल्ल थिए त्यही कालमा जयदेव बज्राचार्यले चलाएको इतिहास पाइन्छ । यस सन्दर्भमा तत्कालीन राजा अम्बरिसलाई नारद मुनिले एउटा रोचक प्रसंग सुनाउनुभएको छ । जो यस प्रकारको छ :

देवगण, पितृगण र ऋषिसमूहरूलाई खुशी पार्ने तिथि हो अक्षय तृतीया । धेरै अघिको कुरा हो एकपटक दैत्यराज वलिसित इन्द्रको घमासान लडाइँ परेको थियो । त्यस युद्धमा पातालमा बस्ने राजा वलिलाई इन्द्रले जितेका थिए । त्यसपछि राजा इन्द्र पृथ्वीलोकको भ्रमणमा निक्लिए । डुल्दै जाने क्रममा उनी इन्द्र उतथ्य ऋषिको आश्रममा आइपुगे । त्यहाँ परम सुन्दरी उतथ्यकी पत्नी जो दोजिया भएकीले बिस्तारै हिँड्दथिन्, छिनेको कम्मरमा रत्नजडित करधनी वा मेखला हल्लिरहेको, सुकिला गोडामा छमछम बज्ने पाउजेब र कल्लीका स्वर उन्मत्त भँमरा तथा कोइलीको स्वरलाई जितेकी आभास भयो ।

नरम वचन र मधुर मुस्कानले बिछट्ट राम्री, चित्रविचित्र लुगा लगाएकी कुम्भस्थलजस्ता थलथले युगल कुचले शोभायमान् भएकी, फुलेको सेतो कमलको पूmल झैं दिव्य वदन, नील कमलको जस्तो नयन भएकी परम सुन्दरी डोरीको पलङमा सुस्तरी हल्लिरहेकी देखेपछि इन्द्रका इन्द्रिय पग्लिए । एकैछिनमा उनी कामवासनाको रापचापले तात्न पुगी जबरजस्ती ती गर्भिणीलाई भोग गर्न पुगे । तब गर्भभित्र रहेको पिण्डले आफू गिर्ने सम्भावना देखेर दुःखित हुँदै गोडाले योनिद्वार थुनिदियो । कामदेवको तापले जलेका इन्द्रको वीर्य भुँईंमा झ¥यो अनि इन्द्र गर्भमा रहेको बालकसित क्रोधले झोक्ँिदै राता भएर बालकलाई ‘जन्मान्धो भएस्’ भनेर श्राप दिए ।

तर पछि इन्द्र आफूले गलत हर्कत गरेकोमा पश्चाताप मान्दै भयले काँपिरहेका थिए । ऋषि आए भने पक्कै मलाई घोर श्राप दिनेछन् भनी त्यहाँबाट कुलेलम ठोक्न लागेको देखेर उतथ्य ऋषिका छात्रगण हाँस्न थाले । तर, पनि लाज मान्दै इन्द्र मेरु पर्वतको गुफामा गए । त्यहाँ उनी कठोर तपस्यामा लीन भए । उता दैत्यका गुप्तचरहरूले विषयवस्तुुमा लम्पट कामुक इन्द्रको यो कुरा थाहा पाएर वलि राजामा जाहेरी गरेँ । लगत्तै वलिले आफ्ना सैन्य बल उतारी पुनः इन्द्रपुरमा हमला गरेर कब्जामा लिई त्यहाँ आफ्नै राज्य शासन चलाउन थाले र इन्द्रका कट्टर समर्थकहरूलाई दुःख दिन थाले ।

यसरी देवराज इन्द्रको शासकीय अनुपस्थितिले देवगणमा हाहाकार मच्चियो । अब के गर्ने त भन्दा सबै देवताहरू मिलेर गुरु बुहस्पतिसित हाम्रा इन्द्र महाराजा कहाँ हुनुहुन्छ ? भनी सोधखोज गर्न गए । बृहस्पति न ठहरिए सत्यवक्ता मुनि ! उनले इन्द्रको सबै अनैतिक करतुतको तथ्य खोलिदिए । तत्काल सबै देवगण मिलेर बैठक बसी इन्द्र लुकेको ठाउँमा जाने निधो गरे । इन्द्र लुकेको मेरु पर्वतको गुफामा पुगी उनका विगतका वीरता, पराक्रम र पुरुषार्थका स्तोत्रहरूका गाथा गाए । इन्द्र भने लाजले रातो हुँदै घोसे मुन्टो लगाएर गुफाबाट बाहिर आई भकभके बोलीमा केही भन्न खोज्दै थिए तर वाक्यै फुटेन ।

कृष्ण द्वैपायन अर्थात् वेदव्यासले यही पुण्यतम तिथिलाई महाभारत लेखनको आरम्भ ठम्याउन पुुग्नुुभयो । हाम्रा पुर्खाहरूले जौको सातुमा हुने बहुु-गुणकरिता, सख्खरमा हुने पौष्टिकता र सर्बतमा पाइने शीतलता अनि योग्य र दीनहीनमा दान गरेर पुण्य कमाउने कुरा बुुझेरै यो पर्वलाई स्थायित्व दिएका हुन् ।

इन्द्रको यो पश्चात्ताप र ग्लानि मिसिएको लघुताभाषको मनोविज्ञान बुझेर गुरु बृहस्पतिले भने : सुरपति, तिमीले कुनै किसिमको अपठ्यारो मान्नु पर्दैन यो संसार कर्मको अधीनमा छ । मानअपमान, सुखदुःख, लाभहानि, जितहार यी सबै कुरा पहिलेका कर्मको फलले घट्दछन् । यसमा केही फरक पर्दैन, जहिले पनि जीव कर्मको पछि पछि चल्छ, समयानुसार सुखदुःखका चक्रहरू घुमिरहन्छन् । दुःखमा आत्तिने र सुखमा मात्तिने काम वास्तवमा बुद्धिमान्हरू गर्दैनन् त्यसकारण यो प्रारब्धको खेल ठानेर आत्मबलसाथ अगाडि बढ ।

गुरुको यो उपदेश सुनेर इन्द्रले भने : ‘गुरुदेव तथा देवगण ! यतिखेर अर्काकी स्त्रीमा समागम गरेको कारण मेरो बल, पराक्रमको यश, मन्त्रशक्ति, शस्त्रशक्ति, विद्याशक्ति क्षीण भएर परामक्रमहीन बनेको छु’ । इन्द्रको गिरेको आत्मबलभित्र आत्मग्लानिको लाचारी कुरा सुनेर गुरु बृहस्पतिको अध्यक्षतामा बैठक बसी उपाय खोजियो । गुरुले इन्द्रलगायत सबै हतोत्साहीसमक्ष यस्तो नौलो दृष्टिकोण पेश गरे । यो वैशाख नाम गरेको महिना विष्णु भगवान्को प्यारो समय हो । यो महिनाका सबै तिथिहरू पुण्यदायी छन् । त्यसमा पनि शुक्लपक्षमा पर्ने अक्षय तृतीया त अत्यन्तै महापुण्यदायी तिथि हो । जो व्यक्ति यो तिथिमा स्नान, ध्यान दान, होम, जप, पूजापाठ, श्राद्ध गर्दछ त्यसका हजारौं गल्ती र कुकर्महरू स्वतः नास हुन्छन् र ऐश्वर्य, बल र धैर्य स्वतः आउँछन् ।

अक्षय तृतीयाको पवित्र तिथिमा इन्द्रले गुरुको आज्ञानुसार सबै धर्म कर्म गरे । इन्द्र पहिलेजस्तै पराक्रमी बने र परस्त्रीगमनको दोष पनि पखालियो । इन्द्र फेरि अमरावतीको दानवहरूले खोसेको राज्य जितेर राजा भई रहन लागे । त्यसैले अक्षय तृतीयाको प्रताप ठूलो छ । लोक जीवनमा कयौं दानशील मनहरू यो दिन जौको सातु, सख्खरको सर्बतको घडा, छाता, जुत्ता, कमण्डलुु, पङ्खा, चिस्यानयन्त्र (फ्रिज), अन्न, रत्न, दक्षिणाहरू विद्वान्, ब्रहृमवादी, गरिब-गुरुवा र बाटो हिँड्ने बटुवाहरूलाई खुवाई पिलाई अन्य वस्तुहरू दान गर्दछन् ।
सत्तल, चौतारा, दोबाटो, देवशाला, पौशालाहरूमा पानी पिलाउने व्यवस्था पनि गरिन्छ । माघमहात्म्यमा भनिएको छ-
‘यत्किञ्चित् दीयते दानं, स्वल्पं वा यदि वा बहु ।
तत्सर्वमक्षयं यस्मात्, तेनेयमक्षया स्मृताः ।।
अर्थात् यो पर्वमा थोरै वा धेरै जति दान गरिन्छ भने त्यो दान गरेको वस्तुबाट दातामा अक्षय (कहिल्यै नास नहुने) फल मिल्दछ । त्यसैले दानवीरहरूका लागि यो सुवर्ण अवसरको दिन हो ।

कृष्ण द्वैपायन अर्थात् वेदव्यासले यही पुण्यतम तिथिलाई महाभारत लेखनको आरम्भ ठम्याउन पुुग्नुुभयो । चारधाम (बद्रीनाथ, जगन्नाथ, रामेश्वर र द्वारका) मध्ये बद्रीनाथको एक ढोका खुल्ने दिन पनि हो अक्षय तृतीया । हाम्रा पुर्खाहरूले जौको सातुमा हुने बहुु-गुणकरिता, सख्खरमा हुने पौष्टिकता र सर्बतमा पाइने शीतलता अनि योग्य र दीनहीनमा दान गरेर पुण्य कमाउने कुरा बुुझेरै यो पर्वलाई स्थायित्व दिएका हुन् । आध्यात्मिक आनन्द र भौतिक वुुभुुक्षा शान्त पार्नसक्ने क्षमता भएकैले यो अक्षय तृतीया पर्व हाम्रो संस्कृतिको अभिन्न अंग भएर रहन गएको छ । समाप्तम्

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?