काठमाडौंं । कृषि क्षेत्र विकास कार्यक्रमको मूल्य शृंखलामा आबद्ध कृषकको वित्तीय आवश्यकता सम्बोधन गर्न कृषि क्षेत्र विकास कार्यक्रम र प्रभु बैंकबीच सम्झौता भएको छ । सम्झौतापत्र हस्ताक्षर कार्यक्रम कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माको अध्यक्षतमा भएको थियो ।
कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, कृषि विकास मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाशकुमार सञ्जेल, कृषि क्षेत्र विकास कार्यक्रमका कार्यक्रम संयोजक विनोदकुमार भट्टराईलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको मुख्य उद्देश्य कृषि मूल्य शृंखलामा आबद्ध कृषकको वित्तीय आवश्यकता सम्बोधन गर्न सहयोग गर्नु रहेको बताइएको छ । कृषि क्षेत्र विकास कार्यक्रम कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषको आर्थिक सहयोगमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा सञ्चालित कार्यक्रम हो ।
कर्णाली प्रदेशका पहाडी तथा उच्च पहाडी क्षेत्रमा बसोबास गरेका जनताको गरिबी तथा पोषण असुरक्षा न्यूनीकरण गर्दैै दिगो विकास लक्ष्य (लक्ष्य १- गरिबीविहीन र लक्ष्य २- शून्य भोकमरी) प्राप्तिमा योगदान पु¥याउने कार्यक्रमको लक्ष्य रहेको छ ।
एनसेलको गैरकानुनी सेवा विस्तारमा उद्योग
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच