वाणिज्य बैंक र नेपाल पुनर्बिमाबीच सम्झौता

Read Time = 1 min

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल पुनर्बिमा कम्पनी लिमिटेडबीच तलबी खाता तथा पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र पुनर्बिमाका प्रमुख कार्यकारी अधिकृत शंकरकुमार रायमाझीले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताअनुसार दुईवर्ष सेवाअवधि पूरा गरेका पुनर्बिमा कम्पनीका कर्मचारीलाई पुनर्बिमाको सिफारिसमा अधिकतम १५ लाखसम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका २०७७ को अधिनमा रही बैंकले पेशाकर्मी सरल कर्जा प्रवाह गर्नेछ ।

बैंकले आधारदरमा दुई प्रतिशत प्रिमियम थप गरी व्याजदर कायम गरी कर्जा लगानी गर्नेछ । हाल बैंकको आधारदर ६.९७ प्रतिशत रहेको छ । पुनर्बिमा कम्पनीका कर्मचारीको तलबी खाता बैंकले सञ्चालन गर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?