ब्रहृमाण्डको पहिलो रंगीन तस्वीर सार्वजनिक

Read Time = 1 min

न्यूयोर्क । अन्तरिक्ष अनुसन्धान संस्था (नासा)ले सोमबार जेम्स वेब स्पेस टेलिस्कोपबाट लिइएको ब्रहृमाण्डको पहिलो रंगीन तस्वीर सार्वजनिक गरेको छ । यो तस्वीर हालसम्म लिइएका अन्तरिक्षका तस्वीरहरूमध्ये सबैभन्दा स्पष्ट र इन्फ्रारेड तस्वीर भएको बताइएको छ ।

तस्वीरमा हालसम्म नदेखिएका थुप्रै बहृमाण्ड पनि देखिएका छन् । अन्य तस्वीरहरू पनि सार्वजनिक गरिने नासाले जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त तस्वीर सार्वजनिक गर्दै ऐतिहासिक दिन भएको बताउनु भएको छ ।

वेब टेलिस्कोप अन्तरिक्षमा लञ्च गरिएको सबैभन्दा शक्तिशाली टेलिस्कोपमध्ये एक हो । यससँग २० वर्षसम्म सञ्चालन हुने पर्याप्त अतिरिक्त इन्धन क्षमता छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?