टीका-जमरा लगाउने क्रम आज पनि जारी  

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । आश्विन शुल्क द्वादशीका दिन बिहीबार पनि मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी रहेको छ । विजयादशमीका दिनदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम दोस्रो दिन पनि जारी रहेको हो ।

परिवारमा टीका लगाएपछि कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउन जाने परम्परा रहेकाले सर्वसाधारणले कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म टीका तथा जमरा ग्रहण गर्ने गर्दछन् ।

आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक दशैँ घर वा पूजा कोठामा स्थापना गरिएको घडाको अभिषेकसहित टीका र जमरा लगाउने विजयादशमीका दिन बिहान देवी विसर्जन गरेपछि नै सुरु हुन्छ । नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मको १५ दिन बडादशैँ पर्व भव्यरूपमा मनाउँछन् ।

सर्वसाधारण टीका लगाउन निस्किएसँगै केही दिनदेखि सुनसान देखिएको उपत्यका अहिले चहलपहल बनेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?