महोत्तरीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

महोत्तरी । महोत्तरीको रामगोपालपुर नगरपालिका-१ मा हिजो बेलुकी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

नम्बर खुल्न नसकेको मोटरसाइकलले पैदल हिंडिरहेका स्थानीय ६५ वर्षीय शेख मनाङलाई हिजो बेलुकी साढे ७ बजे ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते भएका मनाङलाई उपचारको लागि अस्पताल पुर्‍याउनासाथ डाक्टरले मृत्त घोषणा गरेका थिए ।

दुर्घटना गराएर मोटरसाइकलसहित फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय रामगोपालपुरले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?