-गोकर्ण अर्याल
यही चैत ७ गते नेपाली राजनीतिका शिखर व्यक्तित्व गिरिजाप्रसाद कोइरालाको चौधौं स्मृति दिवस । यस दिनमा उहाँको स्मरण जुन रूपमा हुनुपर्ने हो त्यसअनुरूप भएको पाइएन । उहाँले मुलुकको रूपान्तरणका लागि गर्नुभएको योगदानको विषयमा सञ्चारमाध्यमले पनि खासै विचार, विश्लेषण र दृष्टिकोण प्रस्तुत गरेको देखिएन, सुनिएन । राजनीतिक सिद्धान्तको मान्यताभित्र रहेर आफूले गरेका निर्णयलाई पूरा गर्ने कुरामा कटिबद्ध नेता गिरिजाप्रसादले मुलुकमा व्याप्त हत्या हिंसाको राजनीतिलाई अन्त्य गरेर शान्तिप्रक्रियालाई निष्कर्षमा पु¥याउन गर्नुभएको योगदानको किन चर्चा हुन सकेन ? हिंसाको राजनीतिबाट मुक्ति पाएपछि गिरिजाप्रसादलाई शान्तिका नायक भनेर हरेक अवसर लिने कम्युनिष्टहरूले त सम्झेन ।
यसमा प्रश्न गर्ने कुरा पनि भएन । नेपालका कम्युनिष्टहरू के भन्छन् र के गर्छन् भन्ने कुरालाई बुझ्न कुनै भाष्य पढिरहनु पर्दैन । तर, कांग्रसले गिरिजाप्रसादका बारेमा जुन किसिमले छलफल बहस चलाउनुपर्ने थियो त्यसो भएन । नेपालको लोकतान्त्रिक आन्दोलनमा लामो लडाइँ र संघर्षमा होमिनुभएका नेताको त्याग र संघर्षलाई स्मरण गरेर अगाडि बढ्ने कुरामा नेपाली कांग्रेस किन लकपकाउँदै छ ? गिरिजाप्रसादको निधनपछि कांग्रेस मुद्दाविहीन जस्तो भएको छ भनेर धेरै दृष्टिकोणबाट आएका तर्क र विचारलाई कांग्रेसको राजनीतिक गतिविधिले बल पु¥याइरहेको छ । वास्तवमा संविधानसभाको निर्वाचनपछि कांग्रेस सत्ता साझेदारी र लेनदेनको सेरोफेरोभन्दा पर पुग्न सकेको छैन ।
गिरिजाबाबुको भौतिक शरीर यस संसारबाट बिलीन भएको १४ वर्ष बितिसकेको छ तर अहिले पनि मुलुकमा राजनीतिक संकट देखापर्दा, दलहरूले सही निर्णय लिन नसक्दा, मुलुकको अपेक्षाअनुरूप विकास निर्माण हुन नसक्दा उहाँको अभाव महसुस भएकै हुनुपर्दछ ।
सिद्धान्त र विचार नमिल्ने राजनीतिक शक्तिसँग निर्वाचनमा गठबन्धन गरेर जाने निर्णयन नै गलत थियो । यसले पार्टीको शक्तिलाई क्षयीकरण मात्र गराएको छैन, कांग्रेसको सिद्धान्त र विचारलाई समेत विचलित गराउने काम गरेको छ । गिरिजाप्रसाद कोइराला जस्ता नेताले कांग्रेसलाई गतिशील र जीवन्त तुल्याउन गरेका कठिनतम संघर्षलाई अनुशरण गर्न सिकाउने पुस्ता नै दिशाविहीनजस्तो देखिनु हुँदैन । यसले सिंगो पार्टीपंक्ति र समग्र मुलुकको समृद्धि र विकासमा समेत अवरोध खडा गर्दछ ।
गिरिजाबाबुको भौतिक शरीर यस संसारबाट बिलीन भएको १४ वर्ष बितिसकेको छ । अहिले पनि मुलुकमा राजनीतिक संकट देखापर्दा, दलहरूले सही निर्णय लिन नसक्दा, मुलुकको अपेक्षाअनुरूप विकास निर्माण हुन नसक्दा उहाँको अभाव महसुस भएकै हुनुपर्दछ । के थियो गिरिजाप्रसादमा त्यो अद्भूत गुण र क्षमता ? किन उहाँको अभाव ठानिँदैछ ? यतिबेला उहाँको सक्रिय राजनीतिक जीवनमा दिएको धोकाप्रति पश्चाताप पनि गरिँदैछ । वास्तवमा गिरिजाबाबुको राजनीतिक जीवनदर्शनलाई सूक्ष्म रूपमा अध्ययन गर्ने जो कोहीले उहाँलाई ठूलो राजनीतिक चिन्तक, विचारक वा दार्शनिक व्यक्तित्वको रूपमाभन्दा पनि वर्तमानलाई हेरेर निर्णयमा पुग्ने यथार्थ र व्यवहारवादी नेताका रूपमा पाएको छ र पाउन सक्छ ।
उहाँले आफ्नो पहिलो प्रधानमन्त्रित्व कालमा कूल विकास बजेटको ७१ प्रतिशत बजेट गाउँको विकासमा छुट्याउन लगाउनुभयो । गाउँमा यस किसिमको बजेट पुगेपछि एक गाग्री पानीका लागि घण्टौं हिँड्नुपर्ने कैयौं आमा, दिदी, बहिनीले आफ्नै घरआँगनमा खानेपानीको धारा पाए ।
उहाँमा रहेको यही यथार्थ सोच र चिन्तनले मुलुकमा धेरै ठूला परिवर्तन भएका हुन् । उहाँले कुनै नीति, दर्शन र सिद्धान्त पढेर होइन फिल्डलाई हेरेर राजनीति गर्नुभयो । यसै कारण राजनीतिक जीवनभर कट्टर दुश्मन ठानेको शक्ति कम्युनिष्टसँग मिलेर राजसंस्थालाई सदाका लागि बिदा गर्न तयार हुनुभयो । उहाँकै अगुवाइमा भएको त्यस जनआन्दोलनले सशस्त्र विद्रोहमा रहेको माओवादीलाई शान्तिप्रक्रियामार्फत राजनीतिको मूलधारमा ल्यायो । उहाँकै कारण आज मुलुक शान्तिको बाटोमा अगाडि बढ्न पाएको छ । आमनागरिकले निर्धक्कसँग आफ्नो पेशा व्यवसाय गरेर जीवन गुजारा गर्न पाउने अवसर उपलब्ध भएको छ ।
गिरिजाबाबुमा रहेको राजनीतिक दृढता र विश्वासले देशमा धेरै ठूला परिवर्तन सम्भव भएका हुन् । यसले मुलुकलाई धेरै क्षति हुनबाट जोगाएको छ । उहाँमा रहेको यस किसिमको अदम्य साहसले २४० वर्षे राजसंस्थाको अन्त्य गराएको छ । यसले मुलुक लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेसँगै नेपाली जनतालाई सार्वभौम सम्पन्न तुल्याएको छ । जीवनमा कुनै सुख र पारिवारिक मोह नराखी नागरिक अधिकार र स्वतन्त्रताका लागि संघर्ष गर्नुभएका कोइराला स्वयंले चार–चारवटा राजाका विरुद्ध लडाइँ गर्नुभयो । यो नैतिक साहसलाई नेपाली जनताले पटक–पटक सलाम र उच्चसम्मान गरेको छ । तत्कालीन राजा ज्ञानेन्द्रको कूपछि कतिपय दलका नेता राजाले बनाएको सरकारमा समेल हुनपुगे तर गिरिजाबाबु भने त्यसको विरुद्ध सडक संघर्षमा उत्रिनुभयो ।
गणतन्त्र स्थापनाको सूत्रका रूपमा संसद् पुनःस्थापनालाई आफ्नो मुख्य एजेन्डा बनाउनुभयो । धेरैले विश्वास गरेका थिएनन् संसद् पुनःस्थापना हुन्छ भनेर तर उहाँले आफ्नो एजेण्डा सफल बनाउनुभयो । जस्तोसुकै प्रतिकूल परिस्थितिका बाबजुद् पनि आफ्नो विचार र दृष्टिकोणबाट पछि नहट्ने कोइरालालाई पञ्चायत सरकारले समेत धेरै किसिमको यातना र कष्ट दिइरहृयो । उहाँमा रहेको यही दृढता र अठोटलाई सहन नसकेर निरंकुश व्यवस्थाले पटक–पटक हत्या गर्ने प्रयास गर्दासमेत त्यसबाट अलिकता पनि विचलित नभई आफ्नो राजनीतिक अभिष्ट पूरा गराउन लागिरहनुभयो ।
वास्तवमा गिरिजाबाबु देश र जनताका समस्यालाई नजिकबाट अनुभूत गर्ने नेता हुनुहुन्थ्यो । जनमतसंग्रह हुनुभन्दा केही साताअगाडि मात्र उहाँ प्रवास जीवनबाट स्वदेश फर्किनुभएको थियोे । २०३७ साल वैशाख १ को आममाफीको घोषणाले उहाँलाई स्वदेश फर्किने अवसर मिलेको हो । जनमतसंग्रहमा बहुदल पक्षको पराजयपछि गिरिजाबावब पार्टी संगठनमा लाग्नुभयो । यस क्रममा उहाँ नुवाकोटबाट धादिङको उत्तरी क्षेत्र हँुदै पार्टी संगठनमा निस्कनुभयो । धादिङको सल्यानटार हँुदै चैनपुरको सालवासमा पुग्नुभयो । त्यस ठाउँका महिलाले टाढादेखि खानेपानी बोकेको देखेर उहाँको मनमा बिझिरहेको रहेछ । त्यो समस्या बुझिराख्नुभएको रहेछ । पछि अर्थात् २०४८ सालमा प्रधानमन्त्री भएपछि त्यस ठाउँको समस्या के छ भनेर तुरुन्त बुझ्नु भनेर सम्बन्धित निकायलाई निर्देशन दिनुभएको थियो ।
यो एउटा प्रसंगमात्र हो । समाजका कैयौं असहाय, अनाथ बालबालिका, महिला, वृद्धका सहयोग र साथमा गिरिजाबाबुको जीवनका पक्षहरू जोडिएका छन् । समाजका यस्ता धेरै ठाउँका समस्यालाई उहाँले नजिकबाट अनुभूत गर्नुभएको थियो । आफूले देशको नेतृत्व गरेपछि यस्ता समस्यालाई प्राथमिकतामा राखेर निराकरण गर्नेतर्फ लाग्नुभयो । देश र जनता बुझेको नेता हुनाले नै उहाँले आफ्नो पहिलो प्रधानमन्त्रित्वकालमा मुलुकको विकास निर्माण र पूर्वाधार विकासमा जोड दिनुभयो । शिक्षा, स्वास्थ्य, सञ्चार र यातायातको विकासबाटै देशको विकास सम्भव हुने र मुलुकको गरिबी यसैबाट समाधान गर्न सकिन्छ भन्ने सूत्र उहाँले तय गर्नुभएको थियो ।
उहाँले आफ्नो पहिलो प्रधानमन्त्रीत्व कालमा कूल विकास बजेटको ७१ प्रतिशत बजेट गाउँको विकासमा छुट्याउन लगाउनुभयो । गाउँमा यस किसिमको बजेट पुगेपछि एक गाग्री पानीका लागि घण्टौं हिँड्नुपर्ने कैयौं आमा, दिदी, बहिनीले आफ्नै घरआँगनमा खानेपानीको धारा पाए, सामान्य औषधिमूलो नपाएर अकालमा ज्यान गुमाउन पुगेका कैयौं ठाउँका मानिसले गाउँघरमै सामान्य भए पनि स्वास्थ्य सेवा पाउन थाले । विद्यालयको मुख नदेखेका कैयौं बालबालिकाले किताब कापी च्यापेर स्कुल जाने अवस्था आयो । यातायातविहीन गाउँबस्तीका बासिन्दा सडक यातायात खुलेपछि दङ्गमात्र बनेनन् यसलाई आफूसँग भएको सीप र क्षमताको उपयोग गर्ने अवसरका रूपमा समेत लिए । सञ्चारको विकास त्यही रूपमा भयो ।
यतिबेला यी सबै क्षेत्रको विकासमा उल्लेख्य प्रगति भएको छ । यसको श्रेय नेपाली राजनीतिका शिखर पुरुष गिरिजाबाबुमा नै जान्छ । गाउँघरको मुहार परिवर्तनका लागि कोइराला सक्रिय रहेका कारण उहाँप्रति आमनेपालीको आस्था र विश्वास बढेको हो । राजनीतिक जीवनको उत्तराद्र्धमा उहाँले सुरु गर्नुभएको अभियान शान्ति र संविधानको मिसन पनि पूरा भएको छ । यसकारण पनि गिरिजाप्रसादलाई एक्सन ओरेन्टेड नेताका रूपमा लिइन्छ । उहाँमा रहेका यस किसिमका गुण विशेषका कारण अहिले पनि पार्टीका धेरै नेता, कार्यकर्ता र दूरदराजका नागरिकको मन मस्तिष्कमा उहाँ छाइरहनु भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच