काठमाडौं । नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य कामना विष्ट सम्मिलित पुलिस क्लबले माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२ मा जित हात पारेको छ । माल्दिभ्सको मालेमा भएको खेलमा कामना सम्मिलित पुलिसले राष्ट्रिय भलिबल टोलीकी अर्की सदस्य उषा भण्डारी सम्मिलित दिवेही सिफान्जी क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।
पुलिसले पहिलो सेट २५-१५ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा एक समय २३-१८ को मजबुत स्थितिमा रहे पनि पुलिस २३-२४ ले पछि परेको थियो । तर, पुलिसले पुनरागमन गर्दै दोस्रो सेट ३१-२९ ले जित्न सफल भयो । तेस्रो सेटमा सुरुवातमा प्रतिस्पर्धात्मक रहे पनि पुलिसले २५-१९ ले सहजै आफ्नो पक्षमा पार्न सफल भयो ।
कामना र उषाले घरेलु भलिबलमा विभागीय नेपाल पुलिस क्लबबाट व्यावसायिक खेल खेल्ने गर्नुहुन्छ । उहाँले यसपल्ट पहिलोपटक विदेशी लिग खेल्न लाग्नुभएको हो । लिगमा १० टोलीको सहभागिता रहेको छ ।







नेपाली अटो मेकानिक्सले चीनको एसआरएम
आईजीपीमाथिको आरोपमा सांसद खगेन्द्र सुनारको
सुदर्शन थापाको निर्देशनमा ‘शुभ विवाह’
‘ककाकिकी’ पार्श्व गायनमा अर्जुनको डेब्यु
‘ए मेरो हजुर-५’को शुभमुहूर्त, बडीमालिका
गान्तोकमा नेपथ्यको पहिलो सांगीतिक प्रस्तुति