धेरै असहमति हुँदाहुँदै पनि अग्निपरीक्षामा होमिने निर्णयमा पुगेंः राजेन्द्र लिङ्देन

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्ना समर्थक तथा शुभेच्छुकहरूको ठूलो पंक्तिको असहमति हुँदाहुँदै पनि अग्निपरीक्षामा होमिने निर्णयमा पुगेंको बताउनु भएकाे छ ।

मंगलबार उपप्रधानसहित ऊर्जामन्त्री नियुक्त हुन लाग्नुभएका लिङ्देनले आफ्नो लागि यो अग्निपरीक्षा ढिलोचाँडो अनिवार्य रहेकोसमेत बताउनुभएकाे छ । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उहाँले असम्भव जस्तो लागे पनि आफू खरो उत्रिने र त्यसका लागि धैर्यता र सहयोगका लागि अपिल गर्नुभएकाे छ ।

‘आफ्ना समर्थक तथा शुभेच्छुकहरूको ठूलो पङ्क्तिको असहमतिका बीच पनि यो अग्नि परीक्षामा होमिने निर्णयमा पुगेँ, जो ढिलो या चाँडो मेरा लागि अनिवार्य थियो । प्रियजनहरू, असम्भव जस्तो लागे पनि म खरो उत्रनेछु । धैर्यता र सहयोगका लागि अपिल गर्दछु,’ उहाँले लेख्नुभएकाे छ ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार अध्यक्ष लिङ्देनले मंगलबार राष्ट्रपतिबाट उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिंचाइ, विक्रम पाण्डेले सहरी विकास, ध्रुवबहादुर प्रधानले कानुन मन्त्रीको र दिपकबहादुर सिंहले ऊर्जा राज्यमन्त्री पदको शपथ लिने तय भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?