एनवाइइएफमा नयाँ नेतृत्व

Read Time = 1 min

काठमाडौं । नेप्लिज योङ इन्टरप्रेनर्स फोरम (एनवाइइएफ) काठमाडौं च्याप्टरको चौथो वार्षिक साधारणसभाले चिराग गोयलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्ष निरज कर्माचार्यसहित प्रथम उपाध्यक्षमा प्रार्थना साःख र द्वितीय उपाध्यक्षमा अभिमन्यु गोल्छा चयन हुनुभएको छ । सदस्यमा आप्पा शेर्पा, क्षितिज तामाङ, इच्छा मल्ल, रसना श्रेष्ठ, निषित मित्तल र अनुभव श्रेष्ठ रहनुभएको छ ।

नयाँ कार्यसमितिले युवा उद्यमीलाई एकीकृत भई एकअर्कामा सहयोग जुटाउन सहज हुने नवनिर्वाचित अध्यक्ष गोयलले बताउनुभएको छ । साथै उहाँले युवा उद्यमीका समस्यालाई उजागर गरी समाधानको पहल गर्ने, उद्योग वाणिज्य महासंघसँग मिलेर काम गर्ने, नयाँ उद्यमी, युवा पुस्ताको स्टार्टअप, महिला उद्यमीलाई पनि सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?