एनवाइइएफमा नयाँ नेतृत्व

Read Time = 1 min

काठमाडौं । नेप्लिज योङ इन्टरप्रेनर्स फोरम (एनवाइइएफ) काठमाडौं च्याप्टरको चौथो वार्षिक साधारणसभाले चिराग गोयलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्ष निरज कर्माचार्यसहित प्रथम उपाध्यक्षमा प्रार्थना साःख र द्वितीय उपाध्यक्षमा अभिमन्यु गोल्छा चयन हुनुभएको छ । सदस्यमा आप्पा शेर्पा, क्षितिज तामाङ, इच्छा मल्ल, रसना श्रेष्ठ, निषित मित्तल र अनुभव श्रेष्ठ रहनुभएको छ ।

नयाँ कार्यसमितिले युवा उद्यमीलाई एकीकृत भई एकअर्कामा सहयोग जुटाउन सहज हुने नवनिर्वाचित अध्यक्ष गोयलले बताउनुभएको छ । साथै उहाँले युवा उद्यमीका समस्यालाई उजागर गरी समाधानको पहल गर्ने, उद्योग वाणिज्य महासंघसँग मिलेर काम गर्ने, नयाँ उद्यमी, युवा पुस्ताको स्टार्टअप, महिला उद्यमीलाई पनि सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति सीमा विवाद ‘क्रस बोर्डर अकुपेशन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री… संसद खुलेसँगै कांग्रेसले गर्‍यो प्रधानमन्त्रीको अभिव्यक्तिबारे कडा टिप्पणी परराष्ट्रमन्त्री शिशिर खनालद्वारा भारत भ्रमणबारे सदनलाई जानकारी सनातन राज्यको पक्षमा बोलेपछि बलात्कार र ज्यान मार्ने धम्की आयो : खुश्बु… प्रधानमन्त्रीको सीमासम्बन्धी विवादित अभिव्यक्तिबारे श्रम संस्कृति पार्टीको असहमति कायम प्रधानमन्त्रीको सीमासम्बन्धी विवादित अभिव्यक्तिबारे परराष्ट्रमन्त्रीले दिए स्पष्टिकरण सत्तापक्ष–विपक्षी सहमतिपछि प्रतिनिधिसभाको गतिरोध अन्त्य (लाइभ) संसदीय गतिरोध अन्त्य गर्न सभामुखले थाले पहल, विपक्षीसँग जारी छलफल वैदेशिक रोजगारीमा ठगी, चार जना पक्राउ लागुऔषधसहित १६ जना पक्राउ