आजदेखि कक्षा १२ को वार्षिक परीक्षा सुरु हुँदै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा आज (सोमबार)देखि हुँदैछ । जेठ २५ गतेसम्म हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले परीक्षाको तयारी सबै पूरा भएको जानकारी दिनुभयो । ‘हामीले सबै परीक्षाको तयारी सकेका छौँ । उत्तरपुस्तिकाहरू सबै पुगिसकेको छ,’ उहाँले भन्नुभयो ।

बोर्डले कक्षा १२ को प्रश्नपत्र हरेक परीक्षा केन्द्रमा अनलाइन माध्यमबाट नै पठाउने तयारी गरेको छ । कोरोना महामारीका कारण बोर्डले गत वर्षदेखि प्रश्नपत्र प्रकाशन गर्न छाडेको हो । परीक्षा बोर्डले अनलाइन माध्यमबाट पठाउने प्रश्नपत्र परीक्षा केन्द्रले आफैँ प्रिन्ट गर्नुपर्नेछ ।

राष्ट्रिय परीक्षा बोर्डका प्रादेशिक कार्यालयहरूले जिल्ला परीक्षा समन्वय समितिसँग समन्वय गरेर काम गरिरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बताउनुभयो । ‘सबै स्थानीय सरकारलाई पनि आफ्नो क्षेत्रमा व्यवस्थापन गर्न अनुरोध गरेका छौँ । यो परीक्षा मर्यादित र व्यवस्थित बनाउन सरोकारवाला सबैले सकारात्मक भूमिका खेलिदिनसमेत अनुरोध गर्दछौँ,’ उहाँले भन्नुभयो । परीक्षा नियन्त्रण कार्यालयका अनुसार बिहान ८ बजेदेखि सुरु हुने परीक्षामा चार लाख १० हजार ५० विद्यार्थी सहभागी हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?