कटारीको चनौटेमा ट्रक दुर्घटना, चारजनाको मृत्यु

Read Time = 1 min

उदयपुर । उदयपुरको कटारी नगरपालिका-१४ भदौरेस्थित चनौटमा ट्रक दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ। सिद्धीचरण लोकमार्गअन्तरगत पर्ने चनौटमा सोलुखुम्बुतर्फ जाँदै गरेको ना‍ ८ ख ८२९७ नम्बरको ट्रक आज बिहान दुर्घटना भएको हो।

मकवानपुरको हेटौंडाबाट सोलुमा निर्माणाधीन हाइड्रोपावरको सिमेन्ट बोकेर जाँदै गरेको ट्रक कच्ची सडकखण्डमा दुर्घटना भएको हो।

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार दुर्घटनामा परी चालक सुजित घलान, सहचालक नितेश खड्का, ट्रकमा सवार अनुज लामा र ३७ वर्षीय राजन तामाङको घटनास्थलमै मृत्यु भएको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा चालक निदाएका कारण ट्रक अनियन्त्रित भइ दुर्घटना भएको खुलेको छ। ट्रक सडकबाट करिब एक सय मिटर खसेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?