सुर्खेत । कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाबाट स्वतन्त्र उम्मेदवार बनेर विजयी भएका मोहनबहादुर केसीलाई माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीले सम्मान गरेको छ ।
सोमबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा माओवादीबाट विजयी भएका अन्य पदाधिकारीसँगै सम्मान गरेको हो ।
माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्ल र अध्यक्ष विमला केसीले अध्यक्ष केसीलाई सम्मान गरेको माओवादी केन्द्र कालिकोटका संयोजक लक्ष्मीप्रसाद चौलागाईंले बताउनु भयो ।
अध्यक्ष केसी स्वतन्त्रबाट चुनाव जितेपछि माओवादी केन्द्रमा नै फर्किएको संयोजक चौलागाईंले जानकारी दिनुभयो।
माओवादी केन्द्रले केसीलाई उम्मेदवारी नदिएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएर माओवादी केन्द्रका उम्मेदवार डम्बरबहादुर शाहीलाई पराजित गर्नुभएको थियो ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :