कांग्रेस नेता तथा पञ्जावी गायक सिद्धु मुसवालाको हत्या

Read Time = 2 mins

लुधियाना । कांग्रेस नेता तथा पञ्जावी गायक सिद्धु मूसवालाको मानसा जिल्लामा गोली हानी हत्या भएको छ । गोली लागेर अन्य दुईजना घाइते भएका छन् । पञ्जाव सरकारले मूसवालासहित ४२४ जनाको सुरक्षा फिर्ता लिएको भोलिपल्ट यो घटना भएको हो ।
पञ्जावका मुख्यमन्त्री भगवन्त मान नेतृत्वको सरकारले भीआइपी संस्कृतिलाई रोक्न भन्दै उनीहरूको सुरक्षा हटाएको थियो । मुसवाला र उहाँका दुई साथीहरू पञ्जावको जवाहर गाउँमा जिपमा चढ्दै गर्दा आक्रमण भएको थियो । मूसवाला गाडीको सिटमा ढलिएको र धेरै रगत बगिरहेको अवस्थामा फेला पर्नुभएको थियो ।

उहाँलाई अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले यो आक्रमणको जिम्मेवारी क्यानडामा रहेका एक गुण्डाले लिएको जनाएको छ । ‘उहाँको हत्यामा लरेन्स बिश्नोई गिरोह संलग्न छ । गिरोहका सदस्य लक्कीले क्यानडाबाट जिम्मेवारी लिएको छ’ पञ्जाब डिजीपी वीके भवराले भन्नुभयो ।

पञ्जावी गायक मुसवालाको मृत्युको खबरले पुरै पञ्जाव स्तब्ध छ । मुसवाले अघिल्लो विधानसभा चुनावमा कांग्रेसको तर्फबाट चुनावसेमत लडनुभएको थियो । मुसवालाको हत्या भएसँगै पञ्जाव सरकारको गैरजिम्मेवारीपूर्ण निर्णयको कारण उहाँको हत्या भएको भनी भगवन्त मान नेत्वृको पञ्जाव सरकारको चर्को आलोचना भइरहेको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?