अशोक उत्कृष्ट निर्णायक

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का अस्ट्रियन ओपन वल्र्ड र्‍याङकिङ जी–२ तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट निर्णायक घोषित हुनुभएको छ । प्रतियोगितामा विभिन्न ४० राष्ट्रका ६४ निर्णायक सहभागी भएकोमा ६ जनालाई उत्कृष्ट निर्णायक घोषित गरिएको थियो । त्यसमध्ये अशोक पनि उत्कृष्टमा पर्नुभएको हो ।

अस्ट्रियाको इन्सबकमा मे २८ र २९ तारिखमा भएको प्रतियोगितामा खड्काले पहिलो दिन ११ र दोस्रो दिन आठ खेल खेलाउनुभएको थियो । त्यसमध्ये उहाँले सिनियरको दुई र क्याडेटको एक गरी तीन फाइनल खेलाउनुभएको थियो । सिनियरको पुरुष ६३ केजी र महिला ७३ केजीमुनिमा निर्णायकको भूमिका निर्वाह गर्नुभएका अशोकले क्याडेटतर्फ पुरुष ३८ केजीमुनि फाइनल खेलाउनुभएको थियो ।

आयोजक अस्ट्रियन तेक्वान्दो महासंघका अध्यक्ष डा. रेजा जादेह मोहम्मदले अशोकलाई उत्कृष्ट भएबापत मायाको चिनो प्रदान गर्नुभयो । उक्त प्रतियोगिताका लागि दक्षिण एसियाबाटै निर्णायकमा छनोट हुने अशोक एक्लो हुनुहुन्छ । खड्का पुम्से र पारा तेक्वान्दोको पनि निर्णायक हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?