अष्ट्रेलियाको क्याविनेटमा १३ महिला मन्त्री

Read Time = 1 min

क्यानबेरा । अष्ट्रेलियाको नयाँ सरकारले मुस्लिम महिलासहित १३ जना महिलालाई मन्त्रीको रूपमा शपथ खुवाएको छ । नयाँ सरकारमा नियुक्त भएका ३० मन्त्रीमध्ये झण्डै आधा महिला छन् । मुख्य मन्त्रिपरिषद्को भूमिकामा पनि २३ मध्ये १० स्थानमा महिला मन्त्री नियुक्त गरेर अष्ट्रेलियाले रेकर्ड राखेको छ ।

नयाँ प्रधानमन्त्री एन्थोनी अल्बानिजले मध्य-वामपन्थी लेबर पार्टीको नेतृत्वमा वर्तमान कन्जरभेटिभहरूमाथि चुनावी जित हासिल गर्दै ११ दिनपछि शपथ कार्यक्रम भएको हो । ‘अष्ट्रेलिया जस्तै विविध समावेशी सरकारको नेतृत्व गर्न पाउँदा गर्व लागेको छ’, प्रधानमन्त्री अल्बानिजले ट्विटरमा लेख्नुभएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?