वेस्ट बैंकमा ७ प्यालेस्टिनी र इजरायली अफिसर मारिए

न्युज एजेन्सी नेपाल
Read Time = 1 min

काठमाडाैं । कब्जा गरिएको वेस्ट बैंकमा इजरायली ड्रोन हमलामा आईतवार सात प्यालेस्टाइनीको मृत्यु भएको छ । एक इजरायली पुलिस अफिसरको पनि आक्रमणमा मृत्यु भएको छ ।

प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले उत्तरी वेस्ट बैंकको जेनिन क्षेत्रको मुथलथ अश-शुहादा गाउँका चार दाजुभाइहरूसहित सात पीडितहरू सर्वसाधारण रहेको बताएको छ ।

यसैबीच, इजरायली सेनाले ड्रोन हमलाको फुटेज जारी गर्दै कम्तीमा ६ जना मारिनेहरू आतङ्ककारी भएको बताएको छ । इजरायली सेनाले शनिवार र आईतवारको बीचमा रातभर जेनिनमा छापा मार्दा स्थानीय युवाहरूसँग झडप भएको थियो ।

अक्टोबर ७ मा इजरायल-हमास द्वन्द्व शुरु भएदेखि पश्चिम किनारामा हिंसा बढेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?