साताव्यापी खाद्य स्वच्छता दिवस

Read Time = 2 mins

काठमाडौं । स्वच्छ सन्तुलित आहार, स्वस्थ जीवनको आधार भन्ने नाराका साथ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभिन्न कार्यक्रम आयोजना गरी जेठ १८ देखि २४ गतेसम्म सप्ताहव्यापीरूपमा विश्व खाद्य स्वच्छता दिवस मनाउने भएको छ । दिवसका अवसरमा विभाग र मातहतका कार्यालयबाट होटल, रेस्टुरेन्ट अनुगमन निरीक्षण एवं स्तरीकण गरी लागो वितरण, खाद्य उद्यमी व्यवसायीसँग खाद्य स्वच्छता एवं अन्तरक्रिया, खाद्य स्वच्छता तथा पोषणसम्बन्धी स्कुल शिक्षा कार्यक्रम, मातहतका कार्यालयबाट खाद्य उद्यमीसँग अन्तरक्रिया, खाद्य स्वच्छतासम्बन्धी सूचना सन्देशका चेतनामूलक पर्चा, पम्प्लेट प्रकाशन तथा वितरण गरी प्रचारप्रसार गरिने विभागले बुधबार पत्रकार सम्मलेन गरी जानकारी दिएको छ ।

जेठ २४ गते तथा विश्व खाद्य दिवसका दिन विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था, शिक्षण संस्था, उपभोक्ता हकहितसम्बन्धी संघसंस्थालगायतको सहभागितामा बिहान प्रभातफेरी कार्यक्रम र सोही दिन दिउँसो मूल समारोह कार्यक्रम गरिने विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताउनुभयो ।

विभागका महानिर्देशक मतिना जोशी वैद्यले आमउपभोक्ताको खाने बानीमा सुधार, सुरक्षित खाद्य वस्तुको उपभोग र खाद्य सुरक्षाका लागि खाद्य दिवसको महत्वपूर्ण भूमिका रहने भन्दै स्वच्छ, सन्तुलित र पौष्टिक खाद्य पदार्थको उपभोगबाट मात्रै मानव जीवन स्वस्थ रहने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?