पूर्वराजा वीरेन्द्रको शालिकमा माल्यार्पण

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । पूर्वराजा वीरेन्द्र वीरविक्रम शाहदेवको शालिकमा माल्यार्पणसहित श्रद्धाञ्जली व्यक्त गरिएको छ ।

बिहीबार पूर्वराजा शाहको २१औँ पुण्यतिथिको अवसरमा ललितपुरको जावलाखेलस्थित उहाँको शालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरिएको हो । योगी नरहरीनाथ ट्रष्ट आध्यात्मिक परिषद्को आयोजनामा पूर्वराजा शाहको शालिकमा माल्यार्पण तथा दिपप्रज्वलन गरिएको थियो ।

श्रद्धाञ्जली दिन पुगेकाहरुले उहाँलाई राष्ट्रिय एकताको प्रतीक र विकासप्रेमी राजाको रुपमा स्मरण गरेका थिए । पूर्वमन्त्री दुर्गा श्रेष्ठले पूर्वराजा शाह राष्ट्रको एकताको प्रतीक रहेको उल्लेख गर्नुभयो । उहाँले विकासप्रेमी, जनतालाई सुशासन दिने राजाको रुपमा स्मरण गर्नुभयो । पूर्वराजा शाहले देशलाई शान्ति क्षेत्र कायम गर्न अथक प्रयास गर्नुभएको उहाँले बताउनुभयो ।

योगी नरहरीनाथ ट्रष्ट आध्यात्मिक परिषद्का उपाध्यक्ष विमलराज शर्माले पूर्वराजा वीरेन्द्र शाह राष्ट्रवादी राजा भएको बताउनुभयो । उहाँले नेपाललाई शान्ति क्षेत्र घोषणा गर्न ११६ राष्ट्रको समर्थन गराएको भन्दै पूर्वराजा शाहको प्रशंशा गर्नुभयो ।

वि.सं. २००२ साल पुष १४ गते जन्मिनुभएका पूर्वराजा वीरेन्द्र वीरविक्रम शाहदेवको २०५८ साल जेठ १९ गते सपरिवार निधन भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?