दुई मुक्तक कृति सार्वजनिक

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । मुक्तक प्रतिष्ठानको दक्षिण कोरिया शाखामा अध्यक्ष आर.एन.अधिकारीको मुक्तककृति ‘भेडापन्थी’ सार्वजनिक गरिएको छ । पोखरामा आयोजित कार्यक्रममा अर्का लेखक डी.आर.न्यौपाने ‘सूर्य’को मुक्तक कृति ‘सम्बोधन’ पनि सार्वजनिक गरियो ।

कृतिहरूको लोकार्पण प्रमुख अतिथि साहित्यकार सरुभक्त, नेपाल मुक्तक प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रामकाजी कोने, लोक संस्कृतिकर्मी हरिदेवी कोइरालाले गर्नुभएको थियो ।

कृति लोकार्पण कार्यक्रममा सरुभक्त, रामकाजी कोने, हरिदेवी कोइराला लगायतले मुक्तक साहित्यका विषयमा बोल्नुभएको थियो । सोही अवसरमा विभिन्न कविद्वारा मुक्तक वाचन गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?