बजेटले ल्याएन सेयर बजारमा चमक, नेप्से २१०० बाट तल झर्‍यो

Read Time = 2 mins
A A- A+

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९–८० को बजेट भाषण गरेको पाँच दिन वितिसस्यो । प्रस्तुत बजेटले नेपाली सेयर बजारमा चमक ल्याउन सकेन ।

नेपाली सेयर बजार नेप्से परिसूचक शुक्रबार २१०० मुनि झरेको छ। नेप्सेमा शुक्रबार ३३.७६ अंकले ओरालो लागेसँगै नेप्से परिसूचक २ हजार ७१ दशमलव ९४ अंकमा पुगेको छ । नेप्सेमा बिहीबार १८.२६ अंक र बुधबार ७.१९ अंकले ओरालो झरेको थियो ।

बिहान नेप्सेमा खुल्दा २१ सय १२ अंकबाट सुरु भएको बजारको अन्तिममा नेप्से परिसूचक २० सय ७१ अंकमा पुगेर बन्द भएको छ । बजारमा सेन्सेटिभ इन्डेक्स ७.१८ अंकले घटेर ४०३ दशमलव ४८ अंकमा पुगेको छ ।

नेप्सेमा ३८ लाख ४८ हजार ५०८ कित्ताको सेयर खरिदबिक्री हुँदा १ अर्ब ३० करोड ७३ लाख ५९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेमा शुक्रबार २२६ कम्पनी सेयर कारोबार हुँदा १९७ कम्पनीका लगानीकर्ता गुमाएका छन् भने २० कम्पनीका सेयरधनीले नाफा कमाएका छन्।

त्यस्तै ९ कम्पनीको सेयर मूल्य बिहीबारकै मूल्यमा कारोबार भएको छ । सेयर बजारमा २ कम्पनीको बलेफी हाइड्रो पावर कम्पनी र उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सकारात्मक सर्किट लागेको कम्पनीमा बलेफी हाइड्रो पावर कम्पनीको सेयर १५ रुपैयाँले बढेर १६८ रुपैया पुगेको छ । उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा १५९ रुपैयाँ बढेर १७ सय ५७ रुपैया पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?