आजको मौसम : उपत्यकासहित चार प्रदेशमा वर्षाको सम्भावना

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले मौसममा सुधार आउन अझै केही दिन लाग्ने जनाएको छ ।

विभागकाअनुसार आज (शनिबार) काठमाडौं उपत्यकामा बिहान मौसम सफा रहेपनि दिउँसोदेखि मौसम बदली हुने र साँझ पख बर्षा हुनसक्ने जनाएको छ ।

आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै राति प्रदेश १ का पहाडी भूभागका थोरै स्थानमा र बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म पूर्व(पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?