स्टक ब्रोकर संघमा नयाँ नेतृत्व

Read Time = 1 min

काठमाडौं । स्टक ब्रोकर एसोसिएसन अफ नेपालको शनिबार काठमाडौंमा सम्पन्न २८औँ वार्षिक साधारणसभाबाट धर्मराज सापकोटाको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ ।

उपाध्यक्षमा सरिता अधिकारी, महासचिवमा फणिन्द्र ढकाल, कोषाध्यक्षमा मदन पौड्याल र सचिवमा सुयोग अधिकारी रहनुभएको छ । सदस्यमा विशालकुमार अग्रवाल, मित्रलाल श्रेष्ठ, प्रज्वल श्रेष्ठ, प्रियान्सु अग्रवाल रहनुभएको निर्वाचन अधिकृत नारायणप्रसाद तिम्सिनाले जानकारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?