साल्ट ट्रेडिङको अध्यक्षमा प्रदीपलाल श्रेष्ठ नियुक्त

Read Time = 1 min

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको अध्यक्ष पदमा प्रदीपलाल श्रेष्ठलाई नियुक्त गरिएको छ ।

सोमबार बसेको लिमिटेडको सञ्चालक समितिको बैठकले कर्पोरेसनकै सञ्चालकको रुपमा काम गर्दै आउनु भएका प्रदीपलाल श्रेष्ठलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

आठ वर्षदेखि कर्पोरेसनको संचालकको रुपमा आफ्नो कार्य गर्दै आउनु भएको उहाँले मोरङ सुगर मिल लिमिटेडको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?