रामप्रसाद राई गाउँपालिकाले दियाे आज सार्वजनिक बिदा

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 1 min

भोजपुर । फाल्गुन १ गते जनयुद्ध दिवसको अवसर पारेर भोजपुरको रामप्रसाद राई गाउँपालिकाले मंगलवार सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिका अध्यक्ष थामप्रसाद राईको अध्यक्षस्तरीय निर्णयबाट गाउँपालिका भरी बिदा दिने निर्णय गरिएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष पोखरेलले सार्वजनिक बिदा सम्वन्धी सुचना सार्वजनिक गर्दै निर्णय भएको जानकारी दिनु भयाे ।

दिवसको अवसरमा गत बर्ष नेपालभर सार्वजनिक बिदा दिईएको भए पनि यो बर्षबाट हटाईएको थियो । सरकारले सार्वजनिक बिदा हटाएको भए पनि बिभिन्न पालिकाहरुले भने आफ्नो क्षेत्र भित्र बिदा दिएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?