सिन्धुपाल्चोकमा ‘हेभिवेट’ नेताको चुनावी भिडन्त

हिमालय टाइम्स
Read Time = 5 mins

सिन्धुपाल्चोक । ‘हेभिवेट’ नेताको भिडन्तले सिन्धुपाल्चोक जिल्लामा चुनावले चर्चा पाएको छ । प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा सिन्धुपाल्चोकमा मन्त्री, पूर्वमन्त्रीदेखि पार्टीको केन्द्रीय नेताहरूको चुनावी प्रतिस्पर्धाले चर्चा कमाएको छ ।

सिन्धुपाल्चोक जिल्लामा सिट बाँडफाँटमा माओवादीले सिन्धुपाल्चोक १ नम्बर क्षेत्र पायो, तर सभामुख अग्नि प्रसाद सापकोटाले युवा पुस्तालाई अघि सार्नुभयो । माओवादीले सभामुखको साटो माधव सापकोटालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनायो ।

बरु गठबन्धन नै नगर्ने, तर क्षेत्र नम्बर १ नछाड्ने अडानमा रहेका पूर्व सञ्चार मन्त्री मोहन बस्नेत माग सुनुवाइ नभए पनि गठबन्धन बाटै क्षेत्र नम्बर २ मा उम्मेदवार हुनुभएको छ । सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र २ मा कांग्रेसका पूर्वमन्त्री तथा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र एमालेबाट पूर्व मन्त्री समेत रहनुभएका शेरबहादुर तामाङबीच रोचक प्रतिस्पर्धा हुने भएको छ ।

३० वैशाखको स्थानीय चुनावमा वडा अध्यक्षका उम्मेदवारहरूले पाएको मतका आधारमा हेर्दा सिन्धुपाल्चोक २ मा एमाले पहिलो दल हो । सत्ता गठबन्धनमा आबद्ध सबै दलको मत जोड्दा एमाले भन्दा सत्ता गठबन्धन अगाडि छ । आफ्नो क्षेत्र नभएकोले बस्नेतका लागि चुनाव सजिलो नभएको तर्क चलिरहँदा कति सम्म मतान्तरले जित्ने भन्ने विषयमात्र बाँकी रहेको बस्नेतको तर्क छ ।

मोहन बहादुर बस्नेतसँगको प्रतिस्पर्धी एमालेका उम्मेदवार शेरबहादुर तामाङको यो आफ्नै क्षेत्र हो । एमाले नेताहरू पनि सिन्धुपाल्चोक–२ को चुनावी नतिजा पार्टीकै प्रतिष्ठासँग जोडिएको बताउँछन् । गठबन्धनमा रहेका दलहरू कांग्रेस र माओवादीको किचलोका कारण गठबन्धनको मत सबै अर्को पक्षले नपाउँदा आफ्ना मत संरक्षण गर्दा पनि आफूले जित्ने दाबी तामाङको छ ।

२०६४-७० र २०७४ को संसदीय निर्वाचनमा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सभामुख अग्नि प्रसाद सापकोटाले स्वेच्छाले चुनाव नउठेका हुन् । यो क्षेत्रमा गठबन्धनबाट माओवादीले माधव सापकोटा सुबोधलाई र एमालेका केन्द्रीय सदस्य सरेश नेपाललाई चुनावी मैदानमा उतारेको छ । ४ प्रदेश क्षेत्र रहेको सिन्धुपाल्चोकमा गठबन्धनले २र२ सिट बाडेका छन् ।

सिन्धुपाल्चोकमा प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि ५७ जना प्रतिस्पर्धामा छन् । यसअघिका चुनावमा लगातार हार बेहोरेपछि राप्रपा नेता पशुपति सम्शेर राणा यस पटक समानुपातिकमा गएका छन् ।

चार जनाले गरे उम्मेदवारी फिर्ता

सिन्धुपाल्चोकमा चार जनाले उम्मेदवारी फिर्ता गरेका छन् । फिर्ता गर्नेमा प्रतिनिधि सभा २ को उम्मेदवार यास्मिन ढुङ्गाना, २ क का फणीन्द्र प्रसाद दाहाल, २ ख का योगेन्द्र राज सिग्देल हुनुहुन्छ । उहाँहरूले राप्रपाको उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिनुभएको थियो । ढुङ्गाना राप्रपा महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य हुनु हो ।

प्रतिनिधि सभा २ क मै स्वतन्त्र उम्मेदवारी दिएका जिमी लामाले पनि माओवादी केन्द्रका उम्मेदवार युवराज दुलाललाई समर्थन गर्दै उम्मेदवारी फिर्ता गर्नुभएको छ। लामा र दुलालले एक सहमति पत्रमा हस्ताक्षर गर्दै उम्मेदवारी फिर्ता लिने निर्णय गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?