चीनको हाङझाउ शहरमा १९औँ एसियाली खेलकुदको रौनक

Read Time = 2 mins

चीन । चीनको हाङझाउ शहरमा निर्धारित एसियाकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय खेल प्रतियोगिताको रौनक चुलिएको छ । ट्राफिक संकेतमा समेत मानव आकृतिहरू देखाइएको छ । एसियाली खेलकुदको १९औँ संस्करण सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म आयोजना हुँदैछ । प्रतियोगिता सञ्चालन हुने समय नजिकिँदै गर्दा आयोजक हाङझाउ शहरमा उल्लासमय वातावरण छ । यसपटकको एसियाली खेलकुदमा ४० प्रमुख इभेन्ट, ६१ सब-इभेन्ट र ४८१ साना इभेन्टमा प्रतिस्पर्धा हुनेछन् ।

४० खेलहरूमा ३१ ओलम्पिक र ९ गैरओलम्पिक खेलहरू समावेश छन्, जबकि ४० प्रमुख खेलहरू अपरिवर्तित छन्, दुई नयाँ प्रतियोगिताहरू, इ-स्पोर्ट्स र ब्रेक-डान्सिङ समावेश गरिएपछि यस खेल कुम्भमा ४८१ स्वर्ण पदकका लागि स्पर्धा हुनेछ ।

स्पर्धामा ४५ देशका साढे १२ हजारभन्दा बढी खेलाडीहरूले भाग लिनेछन् । एसियाली खेलकुदमा नेपालले तेक्वान्दो, कराँते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारोत्तोलन, जुडो, पौडी, ट्रायथलन, उसु, आर्चरी, बास्केटबल, कबड्डी, फेन्सिङ, हृयाण्डबल, टेबलटेनिस, महिला भलिबल, पुरुष क्रिकेट, सुटिङ र ब्याडमिन्टन खेलमा सहभागिता जनाउँदै छ । सिन्हृवा/न्यूज एजेन्सी नेपाल ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?