नेपालले आज यूएईसँग खेल्ने

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । १९ वर्ष मुनिको आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ। खेल मलेसियाको यूकेएम ओभलमा बिहान ११ बजे सुरु हुनेछ।

आज नेपाल लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ। शुक्रबार नेपालले कतारलाई ७९ रनले हराएको थियो। युएई पनि लगातार दोस्रो जित निकाल्न चाहन्छ। पहिलो खेलमा यूएईले भुटानलाई १६० रनले हराएको थियो।

छनोटमा नेपालसहित, आयोजक मलेसिया, यूएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन्। यस्तै नेपालले सोमबार भुटान, मंगलबार थाइल्याण्ड र बिहीबार मलेसियाविरुद्ध खेल्ने तालिका छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
बजेटमाथि विपक्षी : ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ चिनियाँ कम्पनीमाथि प्रतिबन्धको तयारीबारे इयुलाई बेइजिङको चेतावनी पाल्पाका एक वडाध्यक्षको पद गुम्यो रानीशैना गोठ आगलागी र लुटपाटको हल्ला निराधार, प्रहरीले भन्यो– घटना पुष्टि भएन प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई बुटवलका सुनचाँदी पसलमा चोरी : चोरी प्रयासमा संलग्न आठ जना पक्राउ आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रतिनिधिसभामा आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सुरु प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्पष्टीकरण चित्तबुझ्दो नभएको काँग्रेसको निष्कर्ष, तर बजेट छलफलमा सहभागी हुने ट्रेड युनियन खारेजविरुद्धको रिटमाथि जेठ २९ मा सुनुवाइ