नेपालले आज यूएईसँग खेल्ने

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । १९ वर्ष मुनिको आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ। खेल मलेसियाको यूकेएम ओभलमा बिहान ११ बजे सुरु हुनेछ।

आज नेपाल लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ। शुक्रबार नेपालले कतारलाई ७९ रनले हराएको थियो। युएई पनि लगातार दोस्रो जित निकाल्न चाहन्छ। पहिलो खेलमा यूएईले भुटानलाई १६० रनले हराएको थियो।

छनोटमा नेपालसहित, आयोजक मलेसिया, यूएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन्। यस्तै नेपालले सोमबार भुटान, मंगलबार थाइल्याण्ड र बिहीबार मलेसियाविरुद्ध खेल्ने तालिका छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?