रक्सौलमा निर्माण भएको राष्ट्रिय खाद्य प्रयोगशालाको उद्घाटन

हिमालय टाइम्स
Read Time = 1 min

रक्सौल । भारत सरकारका स्वास्थ्य एवं परिवार कल्याण मन्त्री डा.मनसुख मण्डावियाले रक्सौल बिहारमा रहेको राष्ट्रिय खाद्य प्रयोगशालाको उद्घाटन गर्नुभएको छ । नेपाल सरकारका कृषि तथा पशुपक्षी विकास मन्त्री महिन्द्र राय यादवको उपस्तिथितिमा सो उद्घाटन सम्पन्न भएको हो ।

रक्सौलस्थित भारतीय खाद्य संरक्षा एवं मानव प्राधिकरण (एफएसएसएआई) द्वारा स्थापित राष्ट्रिय खाद्य प्रयोगशाला भारत प्रवेश गर्ने खाद्यान्न नमुनाहरूको परीक्षण गर्नका लागि उन्नत सुविधा र पूर्वाधारहरूले सुसज्जित आधुनिक प्रयोगशाला हो ।

यस प्रयोगशालाले नेपालबाट खाद्यान्न र कृषि निर्यातको नमुना परीक्षणमा लाग्ने समयको बचत गरी भारत र नेपालबीचको द्विपक्षीय व्यापार बढाउन सहयोग गर्ने अपेक्षा लिइएको छ । हाल यी नमुनाहरूका लागि दिल्ली वा कोलकता पठाउनुपर्ने अवस्था रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?