रक्सौल । भारत सरकारका स्वास्थ्य एवं परिवार कल्याण मन्त्री डा.मनसुख मण्डावियाले रक्सौल बिहारमा रहेको राष्ट्रिय खाद्य प्रयोगशालाको उद्घाटन गर्नुभएको छ । नेपाल सरकारका कृषि तथा पशुपक्षी विकास मन्त्री महिन्द्र राय यादवको उपस्तिथितिमा सो उद्घाटन सम्पन्न भएको हो ।
रक्सौलस्थित भारतीय खाद्य संरक्षा एवं मानव प्राधिकरण (एफएसएसएआई) द्वारा स्थापित राष्ट्रिय खाद्य प्रयोगशाला भारत प्रवेश गर्ने खाद्यान्न नमुनाहरूको परीक्षण गर्नका लागि उन्नत सुविधा र पूर्वाधारहरूले सुसज्जित आधुनिक प्रयोगशाला हो ।
यस प्रयोगशालाले नेपालबाट खाद्यान्न र कृषि निर्यातको नमुना परीक्षणमा लाग्ने समयको बचत गरी भारत र नेपालबीचको द्विपक्षीय व्यापार बढाउन सहयोग गर्ने अपेक्षा लिइएको छ । हाल यी नमुनाहरूका लागि दिल्ली वा कोलकता पठाउनुपर्ने अवस्था रहेको थियो ।







मत्स्य केन्द्रद्वारा चार करोड ३८
समयमै काम नसक्ने सात निर्माण
चोलुङ पार्कमा सिरिजङ्गा पाण्डुलिपि विज्ञानालय
वीरगन्जमा ट्याङ्करबाट तेल चोरी गर्दै
स्कुटर यात्रामा बेहोस भएका युवकको
वर्षाले सडक सञ्जाल प्रभावित, यात्रामा