स्रोत नखुलेको रकमसहित एक भारतीय नागरिक पक्राउ

हिमालय टाइम्स
Read Time = 2 mins

- प्रकाश मैनाली

सर्लाही । सर्लाही प्रहरीले स्रोत नखुलेको रकमसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

नेपाल-भारत सीमास्थित जिल्लाको ब्रह्मपुरी गाउँपालिका-४, त्रिभुवननगरबाट स्रोत नखुलेको सात लाख ५० हजार रुपैयाँसहित भारतीय नागरिक ४० वर्षीय विश्वनाथ महतो पक्राउ परेका हुन् ।

भारत बिहार राज्य जिल्ला सीतामढी ग्राम सोनवर्षा-२, बस्ने महतोलाई सोनवर्षाबाट बीआर ३० ई ३९१४ नम्वरको मोटरसाइकलमा त्रिभुवननगरतर्फ आउँदै गर्दा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

शंका लागि खानतलासी लिँदा मोटरसाइकलको सिटमुनी ब्याट्री बक्सभित्र लुकाएर ल्याइएको नेपाली रुपैयाँ एक हजार दरको १००/१०० वटा नोट भएको चार थान र नेपाली रुपैयाँ ५०० दरको १००/१०० वटा नोट भएको सात थान गरी सात लाख ५० हजार रुपियाँ बरामद भएको सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिनुभयो ।

यसैबीच, सदरमुकाम मलङ्गवा नगरपालिकाबाट प्रतिवन्धित लागूऔषध गाँजासहित एक युवती पक्राउ परेकी छन् । मलङ्गवा नगरपालिका–९, बस्ने महेन्द्र रायकी छोरी १८ वर्षीया पम्मी कुमारीलाई १३ केजी गाँजासहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

पम्मी कुमारीले ढाकीमा खरानीभित्र लुकाएर भारतको सोनवर्षातर्फ कटाउन खोजेको गाँजासहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?