सिएनआईद्वारा महिलालाई अर्गानिक कम्पोस्ट मल

Read Time = 1 min

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) को महिला नेतृत्व मञ्चले महिला किसानलाई अर्गानिक कम्पोस्ट मल प्रदान गरेको छ । विश्व वातावरण दिवसको अवसर पारेर मञ्चले मकवानपुरस्थित मकवानपुरगढी गाउँपालिका सिमलटारका दुई सय महिला किसानलाई २५ सय केजी अर्गानिक कम्पोस्ट मल वितरण गरेको हो ।

मञ्चले तीलगंगा महिला बहुउद्देश्यीय संस्थाको समन्वयमा दुई सय महिला किसानलाई जनही २५ केजी कम्पोस्ट वितरण गरेको छ । कम्पोस्ट मल वितरण गर्दै महिला नेतृत्व मञ्चकी अध्यक्ष छाया शर्माले माटोलाई जोगाउन मल अति नै आवश्यक रहेको बताउनुभयो ।

डा. आनन्दशोभा ताम्राकारले महिला कृषकलाई कम्पोस्ट मल बनाउने तरिकाबारे जानकारी गराउनुभएको थियो भने सोही कार्यक्रममा नेपाल बंगलादेश बैंकबाट १० जना महिला किसानलाई किसान क्रेडिट कार्ड पनि उपलब्ध गराइएको सिएनआईले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?