एलजीको वाइफाइ एसी

Read Time = 1 min

काठमाडौं । एलजी ब्रान्डले स्मार्ट थिङ्क्यु भएको वाइफाइबाट चल्ने एसी नेपाली बजारमा ल्याएको छ । स्मार्ट थिङ्क्यु भएको एससीलाई वाइफाइमार्फत् जुनसुकै ठाउँबाट आफ्नो मोबाइलबाट चलाउन सकिनेछ । साथै आफ्नो आवाजले पनि वाइफाइमार्फत् नियन्त्रण गर्न सकिनेछ ।

इन्भर्टर प्रविधिको एसीमा १० वर्षको वारेन्टी रहेको छ । एलजी डुएल इन्भर्टर एसी सबै मौसमका लागि उपयोगी हुने कम्पनीले जनाएको छ । एलजी एसीमा एन्टी भाइरस फिल्टर रहेकाले अनावश्यक प्रदूषण, किटाणु ९९.९ प्रतिशतसम्म नष्ट गरी वातावरण स्वस्थ पार्ने कम्पनीको दाबी छ ।

डुएल इन्भर्टर कम्प्रेसर रहेको एसीले ७० प्रतिशत विद्युत् बचत गर्नुका साथै छिटो तातो र मौससअनुसार छिटो चिसो पार्ने क्षमता रहेको कम्पनीले जनाएको छ । एलजी घरायसी सामग्रीको आधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गत सिजी इम्पेक्स प्रालि रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?