दोस्रो पटक स्क्रिन सेयर गर्दै साम्राज्ञी र धिरज

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ पछि दोस्रोपटक साम्राज्ञी र धिरज पर्दामा एकसाथ देखिनुहुने भएको छ । चलचित्र ‘रुमानी रंग’मा साम्राज्ञी राज्यलक्ष्मी शाहसँग धिरज मगरको जोडी बाँधिने भएको हो ।

यो चलचित्रको काठमाडौंमा एक कार्यक्रमबीच औपचारिक निर्माणको घोषणा गरिएको छ । अनिल योञ्जनको निर्देशन रहने चलचित्रमा साम्राज्ञी र धिरज मुख्य भूमिकामा रहनुहुनेछ । चलचित्रमा कथा÷पटकथा र संवाद निर्देशक योञ्जनकै छ ।

यो चलचित्रको ९० प्रतिशत छायांकन अष्ट्रेलियामा हुनेछ भने बाँकी १० प्रतिशत नेपालमा हुनेछ । चलचित्रले वर्तमान समयको आधुनिक प्रेमकथा प्रस्तुत गर्ने जानकारी निर्माण पक्षले दिएको छ ।

चलचित्रले सजिलोसँग तोडिने र गाह्रोसँग जोडिने माया तथा हँसाएर र रुवाएर विदेशमा बस्ने विद्यार्थीको दुःखसमेत देखाउनेछ । चलचित्र वैशाखको पहिलो साताबाट फ्लोरमा जानेछ । महेश पौडेलको सिनेम्याटोग्राफी रहने यो चलचित्रमा सुशील थापा, श्रीजन बस्नेत, सन्तोष सरु तथा विजय अधिकारी सहनिर्माता हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?