दक्षिण कोरियामा एकैदिन ६ हजार १७२ जना कोरोना संक्रमित

Read Time = 1 min

सोल । दक्षिण कोरियामा सोमबार मध्यरातिसम्म अर्थात गत २४ घण्टाको समयावधीमा छ हजार १७२ जनामा थपिएका यहाँका स्वास्थ्य अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । यसैसँगै कूल सङ्क्रमितको संख्या १ करोड ८१ लाख ७४ हजार ८८० पुगेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

यहाँ पछिल्लो केही हप्तामा सङ्क्रमण दरमा कमी आएको पाइएको हो । दक्षिण कोरियाका अधिकारीहरुले पहिलेका तुलनामा पछिल्ला दिनहरुमा त्यहाँ सङ्क्रमितको सङ्ख्या थोरै भएपनि घट्दै गएको पाइएको बताएका छन् ।

दैनिक सङ्क्रमित अघिल्लो दिन ५ हजार २२ जना थियो । आइतबारको तुलनामा सोमबार थोरै बढेको पाइएको छ । कोरिया रोग नियन्त्रण निकायका अनुसार यो एक हप्ता अघि दक्षिण कोरियामा दैनिक संक्रमित १७ हजार १८५ रहेको थियो ।

सो समयावधी बीस जनाको मृत्यु भएको पुष्टि भएसँगै यस महामरीबाट मृत्यु हुनेको संख्या २४ हजार २९९ पुगेको छ ।

-एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?