जिसस कालिकोटमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित

Read Time = 1 min

सुर्खेत । जिल्ला समन्वय समिति कालीकोटका प्रमुखमा धनजित शाही विजयी भएका छन् । माओवादी केन्द्रका तर्फबाट उम्मेदवार रहेका शाही आज भएको निर्वाचनमा विजयी हुनु भएका हुन् ।

उपप्रमुखमा माओवादी केन्द्रकै मिना रावत (विश्वकर्मा) विजयी हुनु भएको छ ।

जिल्ला समन्वय समितिको निर्वाचनका लागि कालीकोटमा माओवादी केन्द्र, नेपाली कांग्रेस र एकीकृत समाजवादीले गठबन्धन गरेका थिए ।

जिल्ला समन्वय समितिमा १८ मत रहेको कालीकोटमा गठबन्धनका उम्मेदवारहरुले १५ मत पाएको र एमालेका उम्मेदवारहरुले २ मत पाएको १ जना मतदाता निर्वाचन प्रक्रियामा सहभागी नभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै, सदस्यमा माओवादी केन्द्रका ४ जना, नेपाली कांग्रेसका २ जना र १ जना एकीकृत समाजवादीका विजयी भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?