महोत्तरीमा एक वर्षमै घट्यो बलात्कारका १९ घटना

हिमालय टाइम्स
Read Time = 4 mins

महोत्तरी । १७ जेठको दिउँसो मामाघरमा सात वर्षीया बालिका खेलिरहेकी थिइन् । आफ्नै उमेरका बालबालिकासँग खेलिरहेकी बालिका एक्कासी हराइन् ।

अबोध बालिका एक्कासी हराएपछि गाउँघरमा खैलाबैला मच्चियो । खेल्ने ठाउँबाट केही घण्टा हराएकी बालिका जब बलात्कृत भएको थाहा भयो, तब उनका बाबुआमा मर्माहत बने ।

पीडित बालिकाको बयान र परिवारको किटानी जाहेरीका आधारमा प्रहरीले ६० वर्षीय एक पुरुषलाई पक्राउ गर्यो ।

१६ जेठको बिहान छ वर्षीया बालिका आफ्नै घर अगाडि खेलिरहेकी थिइन् । खेल्दाखेल्दै उनी हराइन् । हराएकी उनलाई सहगोत्रभित्रका दाइ पर्ने दुई दाजुले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी परेको छ ।

जाहेरीका आधारमा प्रहरीले आरोपी दुवैलाई पक्राउ परेको छ । जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति प्राप्त गरेर प्रहरीले बलात्कार -जबर्जस्ती करणी_सम्बन्धी कसुरमा अनुसन्धान थालेको छ ।

महोत्तरीमा गत हप्ता घटेका यी प्रतिनिधिमूलक घटना मात्र हुन् । बलात्कारका घटनाहरू महोत्तरीमा दिन–प्रतिदिन बढिरहेको तथ्या+sले देखाएको छ ।
बलात्कार घटनाको सिकार हुनेमध्ये धेरै बालिका र अपा+uता भएकी महिला छन् ।

जिल्ला प्रहरी उपरीक्षक एसपी प्रकाश विष्टका अनुसार महोत्तरीमा २०७८ सालमा बलात्कार घटनाका १९ वटा उजुरी परेका छन् ।

उजुरीका आधारमा अधिकांश घटनाको अनुसन्धान प्रहरीले गरिसकेको छ । अनुसन्धान गरेर बुझाएको प्रतिवेदनअनुसार जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गरिसकेको छ । तर, दायर मुद्दाहरूको टुंगो अदालतबाट हुन बाँकी छ ।

एसपी विष्टले १९ वटा बलात्कारका घटनामा संलग्नमध्ये पक्राउ परेर धेरै पुर्पक्षका लागि थुनामा रहँदा केही भने फरार नै छन् । कतिपय भने अझै फरार छन् ।

रोचक त के छ भने बलात्कार जस्तो गम्भीर प्रकृतिका आपराधिक घटनामासमेत पीडित पक्षलाई दबाब दिएर जनप्रतिनिधिहरूकै रोहबरमा कतिपय घटना मिलाइएका छन्।

जबकि, बलात्कार मिलापत्र गर्न नमिल्ने घटना हो । यद्यपि, कानुनलाई चुनौती दिँदै केही जनप्रतिनिधि नै संलग्न भएर बलात्कारका घटनामा मिलापत्र गरेको घटना जिल्लामा बेलाबेला हुने गरेको छ ।

यस्तो छ, महोत्तरीमा बलात्कार घटनाको ग्राफ-

प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुसार २०७५ देखि यता जिल्लामा ९३ वटा बलात्कारका घटना भए ।

आर्थिक वर्ष २०७५/०७६ मा ३० वटा, २०७६/०७७ मा १६ वटा, २०७७/०७८ मा ४४ वटा बलात्कार घटनासम्बन्धी उजुरी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्ष २०७८/०७९ को जेठ २४ गतेसम्म १९ वटा घटना भएको एसपी विष्टले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?