बैतडीमा खेलमैदान बन्दै

हिमालय टाइम्स
Read Time = 2 mins

बैतडी । बैतडीको जगन्नाथ बहुमुखी क्याम्पसको जग्गामा खेलमैदानको निर्माण कार्य सुरु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको १० लाख लगानीमा एक सय मिटर लम्बाइ र ५० मिटर चौडाइको खेलमैदानको निर्माण कार्य सुरु भएको हो ।

चालु आर्थिक वर्षमै सम्पन्न गर्ने गरी खेलमैदान निर्माण कार्य सुरु भएको हो । बिग बी एन्ड कम्पनीले खेलमैदान निर्माणको जिम्मा पाएको हो । क्याम्पसको आफ्नै खेलमैदान नहुँदा खेलकुदका गतिविधि सञ्चालनमा समस्या भएको थियो । खेलमैदान निर्माण कार्य सुरु भएपछि अब खेलकुदका गतिविधि अगाडि बढाउन सहज हुने क्याम्पस प्रमुख पृथ्वीराज अवस्थीले बताउनुभयो ।

खेलमैदान निर्माण कार्यको दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशीले शिलान्यास गर्नुभएको छ । सो निर्माण कार्यको शिलान्यास गर्दै दशरथचन्द नगरपालिकाका प्रमुख जोशीले खेलमैदानको थप स्तरोन्नतिका लागि नगरपालिकाले समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?