विश्व बैंकद्वारा युक्रेनलाई थप एक दशमलव पाँच अर्ब डलर सहयोग

Read Time = 1 min

किभ । विश्व बैंकले युद्धले तहसनहस परेको युक्रेनका लागि थप एक दशमलव पाँच अर्ब डलर रकम सहयोग घोषणा गरेको छ । योसँगै युक्रेनमा विश्व बैंकको सहयोग प्याकेज चार अर्ब डलरभन्दा बढी पुगेको छ ।

२४ फेब्रुवरीमा रूसले युक्रेनमा हमला सुरु गरेपछि युक्रेनमा मानवीय संकट सिर्जना हुनुका साथै देशको अर्थतन्त्र तहसनहस भएको छ । युद्धका कारण पूर्वाधारहरू ध्वस्त भएका छन् भने खाद्यान्न निर्यातमा अवरोध भइरहेको छ ।

नयाँ कोषबाट हालसम्म करिब दुई अर्ब डलर निकासा भइसकेको एक विज्ञप्तिमा उल्लेख गर्दै विश्व बैंकले नयाँ वित्तीय सहयोग सरकारी तथा सामाजिक कार्यकर्ताको ज्याला तिर्न प्रयोग गरिने जनाएको छ । ‘जारी युद्धका समयमा विश्व बैंकले युक्रेन र यहाँका मानिसका लागि निन्तर सहयोग गरेको छ’, बैंकका अध्यक्ष डेभिड मालपासले एक विज्ञप्तिमा भन्नुभएको छ । एजन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?