सामान्य प्रशासनमन्त्री श्रेष्ठमाथि मन्त्रालयमा आफ्नै पार्टीका सांसदको ‘नोकझोक’

Read Time = 1 min

काठमाडौं । जनता समाजवादी पार्टीबाट मन्त्री रहेका राजेन्द्र श्रेष्ठमाथि आफ्नै दलका नेताले हातपात प्रयास गरेका छन् ।

स्थानीय विकास तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ माथि जसपाका सांसद रामबाबु यादवले हातपात प्रयास गर्नुभएको हो ।

बिहीबार मन्त्रीको कार्यकक्षमा भेटवार्ता लागि पुग्नुभएको सांसद यादवले आफूले सिफारिस गरेका योजनाहरु बजेटमा नपरेको भन्दै मन्त्रीमाथि आक्रोश पोख्नुभयो । जसपाका निलम्बित सांसद हरिनारायण रौनियार पनि भेटमा सहभागी हुनुहुन्थ्यो ।

सांसद यादवले आफूले मन्त्रीमाथि हात नगरेको दाबी गर्दै आफ्ना कुरा नसुनेपछि टेबल ठोकेको भने स्वीकार गर्नुभयो। 'मेरा कुरा नसुनेपछि टेबल ठोकेको हुँ, मसँगै भएको पानीको बोतल पनि फालेँ, उहाँ पनि केके भनिरहनु भएको थियो' उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?