रेसुंगाले शिक्षामा लगानी बढाउने

हिमालय टाइम्स
Read Time = 2 mins

रमेश विश्वकर्मा

गुल्मी । गुल्मीको रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले आफ्नो प्रमुख ध्येय स्वास्थ्य र शिक्षा भएको बताउनुभएको छ ।

रेसुंगा नगरपालिकाको सभाहलमा नगरपालिका भित्र रहेका विद्यालयका प्रधानाध्यापकहरूसँगको छलफलमा नगरप्रमुख पन्थीले शिक्षामा लगानी बढाउने बताउनुभएको हो । समुन्नत नगरपालिका निर्माणको आधार शिक्षा भएकाले नगरपालिकाले शिक्षामा लगानी बढाउने उहाँले बताउनुभयो ।

सबैको प्रमुख लक्ष्य आधुनिक, न्यायपूर्ण र सभ्य समाज निर्माण गर्ने रहेको उल्लेख गर्दै नगरप्रमुख पन्थीले भन्नुभयो, ‘बोलेर होइन काम गरेर इतिहास बन्छ । उहाँले उच्च मनोबलका साथ काम गर्न पनि शिक्षकहरुलाई आग्रह गर्नुभयो ।

शिक्षकहरूको साथ लिएर काम गर्न चाहेको बताउँदै नगरप्रमुख पन्थीले आफू पनि विद्यार्थी भएकाले धेरै कुराहरू सिक्न बाँकी रहेको समेत उल्लेख गर्नुभयो ।

भौतिक पूर्वाधार निर्माणको जिम्मा स्थानीय तहले लिने बताउँदै समाज रुपान्तरणका लागि शिक्षामा आमूल परिवर्तनको खाँचो रहेको उहाँको भनाइ थियो ।

नगरप्रमुख पन्थीले रेसुंगा नगरपालिकामा अगुवा विद्यालय घोषणा गरिने बताउँदै यसलाई नगरको नीति कार्यक्रमा नै समावेश गरेर जाने उल्लेख गर्नुभयो । उहाँले शिक्षाको गुणस्तर घटाएर बनाएका भौतिक संरचनाको अर्थ नभएको तर्क प्रस्तुत गर्नुभयो । फरक प्रसँगमा नगरप्रमुख पन्थीले आफूहररूलाई माला र खाँदा नभई काम चाहिएको बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?